मुगु ।
रारातालको किनारमा पौडी खेल्ने क्रममामा तालमा डुबेर एक जनाकाे मृत्यु भएको छ ।
रारातालको पुर्बी भागमा पर्ने ठाकुर नाथ स्थित तालको किनारमा पौडी खेल्ने क्रममा छाँया नाथ रारा नगरपालिका -५ का २१ वार्षिय शिशिर जङ्ग रावलको डुबेर मृत्यु भएको प्रहरीले बताएको हो ।
मृतक रावल रारा ताल किनारमा निर्माणधिन साइकललेनमा मजदुरी गर्दै थिए । अरु चार जना साथीहरु सङ्ग घर फर्कने क्रममा उनी सहित अरु साथीहरुले तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको उनका काका नरेन्द्र रावलले जानकारी दिएका हुन ।
दिउसो २ बजे घटेको घटना जानकारी पाउन बित्तिकै नेपाली सेनाको हनुमान ध्वज गुल्मा बाट २ वटा डुङ्गाबाट नेपाली सेना घटना स्थलमा पुगेको थियो । रारा विमान स्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोलि पुगि लास तालबाट बाहिर निकालेका थिए । घटनाको मुचुल्का पछि लासको पोस्टमाटमकालागी जिल्ला अस्पताल ल्याउन लागीएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।
- Reporter