Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

उपचारका क्रममा बालिकाको मृत्यु, औषधीको रियाक्सनको आशंका

  •   २ वर्ष अघि | २२ कार्तिक २०८१, बिहिबार

डोटी  । - सुजङ्ग अस्पताल, राजपुरमा उपचारका क्रममा ९ वर्षीया बालिका रजनी भुलको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका-३ निवासी लोकेन्द्र भुलकी छोरी रजनी खेल्दा लडेर बायाँ हात भाँच्चिएपछि उपचारका लागि अस्पताल ल्याइएकी थिइन्। सामान्य उपचारपछि उनलाई बुधबार साँझ अप्रेसनको तयारीका क्रममा बेहोस गर्न औषधी दिएलगत्तै रियाक्सन भएको बताइएको छ, जसले गर्दा बालिकाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घटना अनुसन्धानका लागि उपचारमा संलग्न तीनजना चिकित्सकलाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका चिकित्सकहरूमा डा. राजमणि यादव, डा. सुरेन्द्र कुमार चौधरी, र डा. अभिषेक यादव छन्।

अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले औषधीको रियाक्सनका कारण बालिकाको मृत्यु भएको हुन सक्ने जानकारी दिएकाछन्।


  • Jigyasa media

थप