Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

दोरम्बा शैलुङको पहिरोमा मृत्यु हुनेको संख्या आठ पुग्यो, दुई अझै बेपत्ता

  •   २ वर्ष अघि | १२ भदौ २०८१, बुधबार

काठमाडौँ ।दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको भयानक पहिरोमा परी मृत्यु हुनेहरूको संख्या आठ पुगेको छ। 

भदौ ९ गते आइतबार बिहान आएको पहिरोले चार घर बगाउँदा ११ जना हराएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहका अनुसार, मङ्गलबारसम्म आठजनाको शव फेला परेको छ।

मङ्गलबार एक महिलाको शवको केवल बायाँ गोडाको पैतालाको भाग भेटिएको थियो। हराइरहेकी श्रीमती बिन्दा पहरीको सनाखत उनका श्रीमान् कुमार पहरीले नङ पालिस र बाङ्गो औलाका आधारमा गरेका थिए। त्यसपछि शव परिवारको जिम्मा लगाइएको थियो।

शनिबार राति परेको अविरल वर्षाका कारण पहिरो गएको थियो, जसमा ११ जना बेपत्ता भएका थिए। हराइरकमध्ये एकजनालाई जीवितै उद्धार गरिएको थियो भने आइतबार छजनाको शव फेला पारिएको थियो। त्यसपछि थप एक शव र मङ्गलबार फेला परेको पैतालाको भागले मृतकको संख्या आठ पुगेको हो।

अझै पनि सोही वडाका ५५ वर्षीय काले पहरी र ५० वर्षीय झ्याइपुरी पहरी बेपत्ता छन्। प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको छ। यस पहिरोमा परी ज्यान गुमाउनेहरूमा ३० वर्षीया चण्डिका श्रेष्ठ, उनका १८ महिनाका छोरा आयुष श्रेष्ठ, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, र १४ वर्षीय विज्ञान पहरी रहेका छन्। यी सबैको शव आइतबार नै फेला परेपछि परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको थियो।

  • Jigyasa media

थप