Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

७ सन्तानकी साहरा सुनमाया गोले लाई घाँटीको क्यान्सर, आर्थिक सहयोगको अपिल

  •   ७ महिना अघि | २५ माघ २०८२, आइतवार

काभ्रे

भौगोलिक विकटताको पीडा खानीखोला गाउँपालिकाका बासिन्दाका लागि नौलो होइन। कच्ची बाटो, टाढाको स्वास्थ्य सेवा, न्यून आम्दानी । यी सबै यहाँका नागरिकले साझा रूपमा भोग्दै आएको यथार्थ हो। तर यही विकटताभित्र पनि कतिपय घरहरू छन्, जहाँ पीडाले सीमा नाघिसकेको छ। त्यस्तै एउटा घर हो । खानीखोला गाउँपालिका वडा नम्बर–६ का शारीरिक रूपमा अशक्त नजरमान गोलेको घर।

आफ्नै कमजोर शरीर ले साथ नदिने नजरमानका लागि संसार हेर्ने आँखा उनकी श्रीमती सुनमाया गोले नै थिइन्। छ जना छोरी, एक जना छोरा र स्वयं अशक्त श्रीमान सबैको जीवन धानेर राखेकी थिइन् ५८ वर्षीया सुनमाया। बिहानदेखि साँझसम्म खेतबारी, घरधन्दा, छोराछोरीको पालन पोषण, चिन्तासबै जिम्मेवारी एउटै शरीरले बोकेको थियो।

तर यतिबेला नियतिले त्यही शरीरमाथि अर्को क्रूर प्रहार गर्‍यो।

हालै चिकित्सकले सुनमायालाई घाँटीको क्यान्सर भएको पुष्टि गरेपछि गोले परिवारको जीवन झन् अँध्यारो बनेको छ। घरको एकमात्र आधार स्तम्भ नै मक्किन थालेपछि परिवार तनाव, भय र निराशाको दलदलमा फसेको छ। उपचार त परको कुरा, अस्पतालसम्म पुग्ने खर्च जुटाउन पनि परिवारसँग कुनै उपाय छैन।


पहिलेदेखि नै नाजुक आर्थिक अवस्था, त्यसमाथि दीर्घरोग—गोले परिवार आज जीवन र मृत्युको दोसाँधमा उभिएको छ। आमाको उपचार नहुँदा छोराछोरीको भविष्य पनि जोखिममा पर्दै गएको छ। बाबु अशक्त, आमा गम्भीर रोगी—यी बालबालिकाका आँखामा आज डर र असहायता स्पष्ट देखिन्छ।


यतिबेला गोले परिवारले समाजका सबै संवेदनशील मनहरू, संघसंस्था, दातृ निकाय तथा सहयोगी हातहरू समक्ष मानवीय सहयोगको याचना गरेको छ। उपचारका लागि आवश्यक आर्थिक सहयोग जुट्न सके सुनमायाको जीवन जोगिन सक्छ, एउटा परिवार फेरि उज्यालोतर्फ फर्किन सक्छ।

परिवारलाई सहयोग गर्न चाहनुहुने महानुभावहरूले तल दिइएको सम्पर्क नम्बर तथा बैंक विवरणमार्फत सहयोग गर्न सक्नुहुनेछ।

छोरा : 9746459525

43115243400113 सुन माया गोले 

नेपाल एस बि आइ बैंक खानिखोला

तपाईंको सानो सहयोगले कसैको अमूल्य जीवन बचाउन सक्नेछ।

तल दिइएको QR देवर को qr मा स्क्यान गरी सहयोग गर्न सक्नुहुने छ ।


  • Jigyasanepal

थप