झापा: झापाको दमकमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम महमाई स्थायी ठेगाना भइ हाल दमक नगरपालिका–८ मा डेरा गरी बस्ने २६ वर्षीय कमल बुर्जामगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मंगलबार बिहान करिब ९:३० बजे आफ्नै डेराको भुइँतलामा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत् सर्ट भएर उनलाई करेन्ट लागेको थियो। घाइते अवस्थामा रहेका बुर्जामगरलाई सुरुमा दमक अस्पतालमा सामान्य उपचार गरिएको थियो। थप उपचारको लागि बीएण्डसी अस्पताल, बिर्तामोड पुर्याइए पनि त्यहाँ पुग्नासाथ डाक्टरले मृत घोषणा गरेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
- Jigyasa media