गोरखा । गोरखा नगरपालिका-९ लक्ष्मीबजारका २४ वर्षीय सुनिल मगरको करेन्ट लागेर मृत्यु भएको छ। बिहीबार दिउँसो साढे १२ बजेतिर गोरखा नगरपालिका–६ पाटेचौरस्थित निर्माणाधीन घरमा काम गर्ने क्रममा फलामको रडले नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छुन पुग्दा करेन्ट लागेर उनको मृत्यु भएको हो।
सुनिल मगरलाई गम्भीर अवस्थामा भरतपुर मेडिकल कलेजमा लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठका अनुसार, उक्त घटनामा भारतको घर भई हाल गोरखा सदरमुकामको पेट्रोल पम्प नजिकै बस्दै आएका २८ वर्षीय अर्मन खान पनि घाइते भएका छन्। खानको अवस्था भने सामान्य रहेको बताइएको छ।
- Jigyasa media