Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

जाउलाखेलमा अवैध कल सेन्टरमा छापा, ५० जना पक्राउ

  •   २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार

२७ भदौ, काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको जाउलाखेलस्थित एक घरमा छापा मारेर अवैध रूपमा सञ्चालन भइरहेको कल सेन्टरबाट ५० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना चिनियाँ र एक फिलिपिनो नागरिक पनि छन्।


प्रहरीले अवैध कल सेन्टर सञ्चालन गर्नुका साथै अनलाइन जुवा खेलाउने र क्रिप्टो कारोबार गर्ने सूचनाको आधारमा बुधबार राति छापा मारेको हो।

सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार यस प्रकरणबारे थप अनुसन्धान भइरहेको छ।


  • Jigyasa media

थप