Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सिमलताल पहिरोमा बेपत्ता बस अपडेट: दुई जनाको शव फेला

  •   २ वर्ष अघि | १ साउन २०८१, मङ्लबार

नवलपुर । चितवनको सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा सवार यात्रुहरुमध्ये पूर्वी नवलपरासीमा थप दुई जनाको शव फेला परेको छ ।


जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका– २ भुताहास्थित नारायणी नदीको बीचको टापुमा एक जना र गैँडाकोट नगरपालिका वडा नम्बर ७ गौरीस्थित नारायणी नदीको बगरमा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।


मध्यविन्दुमा भेटिएको शव ०३–००१ ख २४९५ नम्बरको बसमा सवार रौटहत परुहा– ६ का ४० वर्षीय ऋषिकुमार सिंहको भएको र उक्त शव उनका भाई सुशिल कुमार सिंहले बुझेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।


त्यस्तै गैँडाकोटमा बिहान भेटिएको शवको नाम, थर, ठेगाना र लिंग पहिचान हुन नसकेको प्रहरी उपरीक्षक पौडेलले बताए । योसँगै अहिलेसम्म जम्मा १५ जनाको शव फेला परेको छ । त्यसमध्ये नवलपुरमा ११, चितवनमा तीन र पश्चिम नवलपरासीमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । यस दुर्घटनामा बेपत्ता भएका यात्रुमध्ये एक महिला र १४ जना पुरुष रहेको प्रहरीले जनाएको छ ।


शव भेटिएकामध्ये रौटहत परुहा– ६ का ४० वर्षीय ऋषिकुमार सिंह, सर्लाहीको बरहथवा नगरपालिका ३ निवासी १९ वर्षीय रमित कुसुर माझी, चितवनको माडी नगरपालिका– १ बस्ने २२ वर्षीय विकास परियार, भरतपुर महानगरपालिका– २२ का २३ वर्षीय सुदीप विक, भारतको सितामणि बर्गिनियाका २८ वर्षीय ऋषिपाल साह, भारतकै सितामणी बेतिया निवासी ३० वर्षीय जयप्रकाश ठाकुर, सोही ठाउँका ३० वर्षीय सजाद अन्सारी, बारा विश्रामपुरका ४३ वर्षीय प्रमानन्द पण्डित, र रौतहटको जमुनामाई गाउँपालिका– ४ निवासी राहुम मियाको सनाखत भएको छ ।


४ जना पुरुष, १ महिला र १ बालक तथा लिंग पहिचान हुन बाँकी एक गरी ७ जनाको भने अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिएका छन् ।

  • Jigyasa media

थप