Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

काभ्रे प्रतिनिधि सभा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बदन भण्डारी विजयी

  •   ७ महिना अघि | २३ फाल्गुन २०८२, शनिबार

काभ्रेपलाञ्चोक । काभ्रेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक अन्तिम परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चुनाव चिन्ह) का उम्मेदवार बदन भण्डारी भारी मतान्तरका साथ विजयी भएका छन्।

भण्डारीले कुल ५३ हजार ३४४ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस (रुख चुनाव चिन्ह) का उम्मेदवार मधु आचार्य ले १७ हजार ८६८ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपा (एमाले) (सूर्य चुनाव चिन्ह) का उम्मेदवार अशोक ब्यञ्जु ले १३ हजार ९४० मत प्राप्त गरेका छन् भने तारा चुनाव चिन्ह लिएर चुनाव लडेकी बसुन्धारा हुमागाईं ले ८ हजार १०७ मत प्राप्त गरेकी छन्।

यस परिणामसँगै काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गरेको छ। बदन भण्डारीले प्रतिस्पर्धी उम्मेदवारहरूलाई ठूलो मतान्तरले पछि पार्दै स्पष्ट जित दर्ता गरेका हुन्।

काभ्रे जिल्लामा दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन्। तीमध्ये क्षेत्र नम्बर–२ को परिणाम सार्वजनिक भएसँगै जिल्लाको राजनीतिक समीकरणमा नयाँ चर्चा सुरु भएको छ। बदन भण्डारीको जितलाई काभ्रेको राजनीतिक परिदृश्यमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।

  • Jigyasanepal

थप