काठमाडौं, मंसिर ७ - काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर गएराति हल्का भूकम्प गएको छ। राति १०:४५ बजे गएको यो भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको झड्का सानो भए पनि काठमाडौं उपत्यकाका केही बासिन्दाले धक्का महसुस गरेका छन्। सामाजिक सञ्जालमा उपत्यकावासीले भूकम्पको अनुभव बाँडिरहेका छन्।
साना झड्काले डर उत्पन्न गरे पनि यसले कुनै भौतिक क्षति वा मानवीय क्षति पुर्याएको विवरण अहिलेसम्म प्राप्त भएको छैन। विज्ञहरूले हल्का भूकम्पलाई नियमित भौगोलिक गतिविधिको रूपमा लिने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।
- Jigyasa media