Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना: मौसम विभागको पूर्वानुमान

  •   २ वर्ष अघि | १७ कार्तिक २०८१, शनिबार

काठमाडौँ, कार्तिक १७ – यस वर्षको तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भाइटीकाको दिन आइतबार केही स्थानमा मौसम बदली भई हल्का वर्षा हुनसक्ने मौसमविद् सञ्जिव अधिकारीले बताएका छन्। विशेषगरी कोशी प्रदेशको पहाडी क्षेत्र, तराईका केही भू–भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भागहरूमा क्षणिक वर्षा हुने अनुमान छ।

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाले शनिबार साँझसम्म पनि बागमती र गण्डकी प्रदेशका पहाडी भागमा मेघ गर्जन र हल्का वर्षाको सम्भावना रहेको छ। विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको पनि पूर्वानुमान गरेको छ। कृषि, पर्यटन, स्वास्थ्य, पर्वतारोहण र यातायातमा यसले आंशिक असर पुर्याउन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

सातापछि चिसो बढ्ने सम्भावना

जलवायु तथा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार आगामी एक सातापछि, विशेष गरी नोभेम्बर ९ पछि, उपत्यकालगायत देशभर चिसो बढ्ने सम्भावना छ। तापक्रम ३ डिग्री सेल्सियससम्म घट्ने अनुमान गरिएको छ। अहिले नै केही स्थानमा हल्का वर्षा भई चिसो सुरु भएको छ।

साथै, चिसो बढेसँगै दम, रुघाखोकी, र ज्वरोलगायत समस्याहरू देखा पर्न सक्ने भएकाले जनस्वास्थ्यविद्हरुले सतर्क रहन सुझाव दिएका छन्।


  • Jigyasa media

थप