काठमाडौं – तारकेश्वर नगरपालिका-५ मा एक १२ वर्षीय बालक खोलाले बगाउँदा बेपत्ता भएका छन्। रसुवाको उत्तरगया गाउँपालिका-१ का वीरमान तामाङका छोरा विमल तामाङ मंगलबार साँझ लोलाङको तरकारी बजार नजिकैको नागिन खोलामा बगेका हुन्।
बालकको छाता खोलामा खस्दा टिप्ने प्रयास गर्दा उनी खोलामा बगेका थिए। घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले मंगलबारदेखि नै खोजी कार्य जारी रहेको बताए, तर अहिलेसम्म बालकको अवस्था पत्ता लाग्न सकेको छैन। विमल तामाङ आफ्नो परिवारसँग तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वर ढुंगाधारमा बस्दै आएका थिए।
- Jigyasa media