काठमाडौँ, असोज १५ – केही दिनअघिको अविरल वर्षाले ल्याएको बाढी, पहिरो, र डुबानको कारण हालसम्म २१७ जनाको ज्यान गइसकेको छ भने २८ जना अझै बेपत्ता छन्।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार प्राकृतिक विपद्बाट १४३ जना घाइते भएका छन्, र उद्धार तथा राहत कार्यमा सेना, प्रहरी, र सशस्त्र प्रहरीसहितका सबै सुरक्षा निकायहरू खटिएका छन्। उनले प्रभावित क्षेत्रहरूमा खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री वितरण भइरहेको र घाइतेको निःशुल्क उपचार सुनिश्चित गरिएको जानकारी दिए।
प्रवक्ता तिवारीले सरकारका सबै सम्बद्ध निकायले खोज, उद्धार, र राहतका कामलाई उच्च प्राथमिकतामा राखेको र यातायात अवरुद्ध भएका राजमार्ग खोल्न लगातार प्रयास भइरहेको उल्लेखगरे।
- Jigyasa media