Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सवारी दुर्घटनामा ६५ वर्षीय पैदल यात्रीको मृत्यु

  •   २ वर्ष अघि | १२ साउन २०८१, शनिबार

धुलिखेल, साउन १२, २०८१ ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–३ बाँसघारीस्थित अरनिको राजमार्गमा साउन ११ गते राति सवारी दुर्घटनामा ६५ वर्षीय पैदल यात्रीको मृत्यु भएको छ। 

बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको बा.प्र. ०१-००४ क ०१३० नं.को मिनि ट्रिफरले पैदल यात्रीलाई ठक्कर दिएको थियो। मृतकको पहिचान उनका गोजीमा फेला परेको स्वास्थ्य सेवा कार्डबाट भएको हो, जसमा उनको नाम लाल ब. तामाङ रहेको उल्लेख छ।

दुर्घटनामा घाइते भएका तामाङलाई धुलिखेल अस्पतालमा लगिएको थियो। उनको टाउको र खुट्टामा चोट लागेको थियो भने दाहिने कानबाट रगत जस्तो तरल पदार्थ निस्किरहेको थियो। अवस्था गम्भीर रहेकाले उनलाई उपचारका क्रममा साउन १२ गते राति १२:३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा संलग्न मिनि ट्रिफर र त्यसका चालक पदम लामालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। ३१ वर्षीय लामा महाभारत गाउँपालिकाका निवासी हुन्। 

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

  • Jigyasa media

थप