राजविराज । सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियामा आज पूर्वपश्चिम राजमार्गमा तेल बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ।
मृतकहरूमा सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुरका ४१ वर्षीय महेशकुमार मेहता र ४० वर्षीय जयप्रकाश मेहता रहेका छन्। महेशको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते जयप्रकाशको धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।
घटना पूर्वतर्फ जाँदै गरेको नेपाल आयल निगमको ट्यांकर (को १ ख ७४१४) र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल (प्र १– ०२०४७ प १२८०) बीच भएको थियो।
त्यस्तै, ट्यांकरका चालक सिरहाको कर्जना नगरपालिका–३ का ३२ वर्षीय मिथलेश यादवसमेत घाइते भएका छन्, र उनको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ।
-
Jigyasanepal