Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

काठमाडौंको राममन्दिर क्षेत्रमा राति आगलागी, लाखौंको क्षति

  •   २ वर्ष अघि | १६ कार्तिक २०८१, शुक्रबार

काठमाडौं – काठमाडौं महानगरपालिका–८, राममन्दिर क्षेत्रमा रहेको एक किराना तथा चटपटे पसलमा गएराति आगलागी भएको छ। सौभाग्यविक्रम शाहको घरमा सञ्चालन हुँदै आएको उक्त पसलमा दीपावलीको अवसरमा बालिएको बत्तीबाट आगलागी भएको अनुमान गरिएको छ।

गौशाला प्रहरी वृत्तका अनुसार, आगलागीबाट चार लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। घटनामा कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ। आगो नियन्त्रणका लागि रामहिटीको दमकल प्रयोग गरिएको थियो र राति नै आगो नियन्त्रणमा लिइएको थियो।

तिहारको लक्ष्मी पूजाका दिन घर, पसल, तथा कार्यालयहरूलाई झिलिमिली पार्ने क्रममा असावधानीबस यस्ता आगलागीका घटनाहरू बढ्नसक्ने देखिएको छ।


  • Jigyasa media

थप