Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

काठमाडौंका विभिन्न क्षेत्रमा आज केही समय विद्युत् कटौती, मर्मतका लागि प्राधिकरणको सूचना

  •   ६ महिना अघि | ३० फाल्गुन २०८२, शनिबार

काठमाडौं — काठमाडौंका विभिन्न स्थानमा आज केही समयका लागि विद्युत् कटौती हुने भएको छ। लाइन मर्मत तथा पोल व्यवस्थापनको कामका लागि विद्युत् आपूर्ति अवरुद्ध गर्न लागिएको हो।

Nepal Electricity Authority ले जारी गरेको सूचनाअनुसार गोठाटार र बत्तीसपुतली फिडर अन्तर्गतका विभिन्न क्षेत्रमा आज निर्धारित समयका लागि बिजुली काटिनेछ।

प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती फिडरबाट वितरण हुने पेप्सीकोला, टाउन प्लानिङ लगायतका क्षेत्रमा रहेको ११ केभी लाइन मर्मत गर्न लागिएको हो। जीर्ण अवस्थामा रहेका पोलको मर्मत तथा नयाँ पोल जडान गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति केही समयका लागि बन्द गरिने जनाइएको छ।

सूचनाअनुसार बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म पेप्सीकोला र टाउन प्लानिङ क्षेत्रमा विद्युत् कटौती हुनेछ।

त्यसैगरी अपराह्न २ बजेदेखि ४ बजेसम्म मध्य बानेश्वर, पुरानो बानेश्वर र बत्तीसपुतली क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द रहनेछ।

प्राधिकरणले भने मर्मत कार्य तोकिएको समयभन्दा अघि सम्पन्न भएमा विद्युत् सेवा तत्कालै नियमित सञ्चालनमा ल्याइने जनाएको छ।

यस क्रममा विद्युत् कटौतीका कारण उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा याचना समेत गरेको छ।

  • Jigyasanepal

थप