जलेश्वर । महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एक व्यक्तिले आफ्नी श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार, ४५ वर्षीय हबिब नदाफले ३६ वर्षीया श्रीमती रोशना खातुनलाई कुटपिट गरेका हुन्।
शनिबार घरायसी विवादका क्रममा हबिबले रोशनालाई निर्घात कुटपिट गरेका थिए, जसका कारण समयमै उपचार नहुँदा उनको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ।
घटनापछि फरार भएका हबिबको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
- Jigyasa media