महोत्तरी । महोत्तरी प्रहरीले फिरौती रकम माग गर्ने आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा रामगोपालपुर नगरपालिका–५ का २४ वर्षीय सुनिल कुमार राउत र २४ वर्षीय करण मण्डल रहेका छन्, जो हाल जलेश्वरमा डेरा लिएर बस्दै आएका थिए।
घटनामा संलग्न व्यक्तिहरूले जलेश्वर नगरपालिका–५ का गफुर राईनलाई केही दिनअघि बाटोमा चिठ्ठी दिएका थिए। उक्त चिठ्ठीमा ९२ हजार रुपैयाँ फिरौती माग गरिएको थियो र पैसा नदिए कडा कारबाही गर्ने धम्की दिइएको थियो।
प्रहरीले उक्त सूचना पाएपछि अनुसन्धान थाल्यो र जलेश्वर नगरपालिका–१ स्थित जलेश्वर मन्दिरबाट उनीहरूलाई पक्राउ गर्यो। पक्राउ परेका युवकहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।
- Jigyasa media