Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

राष्ट्रिय पोशाक संरक्षणमा अग्रणी माण्डव्यलाई नागरिक सम्मान

  •   १ वर्ष अघि | ११ बैशाख २०८२, बिहिबार

काठमाडौं, वैशाख ११, २०८२ । नेपाली राष्ट्रिय पोशाक र झण्डाको संरक्षण तथा प्रवर्द्धनमा एक दशकभन्दा बढी समयदेखि समर्पित सांस्कृतिक अभियन्ता राजानन्द माण्डव्य नागरिक सम्मानबाट सम्मानित भएका छन्। उनी "राष्ट्रिय धरोहर संरक्षक" विधामा विशेष नागरिक क्रिएसन अवार्ड–२०८२ प्राप्त गर्ने व्यक्तित्व बनेका हुन्।

गत बुधबार राष्ट्रिय नाचघर, जमल मा आयोजित विशेष समारोहमा नेपाल सरकारका रक्षामन्त्री मानविर राईको प्रमुख आतिथ्य र कार्यक्रम संयोजक याम बहादुर जिसीको सभापतित्वमा माण्डव्यलाई सम्मान गरियो।

माण्डव्यले राष्ट्रिय पोशाक दिवस, राष्ट्रिय झण्डा दिवस जस्ता महत्वपूर्ण दिवसको स्थापनादेखि नेपाली संस्कृतिको जगेर्नासम्मका थुप्रै अभियानहरूमा नेतृत्व गरेका छन्। यस योगदानकै कदर स्वरूप उनलाई नागरिक समाजको तर्फबाट सम्मान प्रदान गरिएको हो।

अर्का विशिष्ट सम्मानित व्यक्तित्वहरूमा उपरथी बाबुराम श्रेष्ठ शिलापत्रका प्रमुख कार्यकारी अधिकृत बलराम श्रेष्ठ , अभियन्ता आशिका तामाङ, गायक हरिदत्त फुलारा छन् ।

इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेल संगीतकार रिदम कंडेल लगायत छन्। समारोहमा सम्मानित भएपछि माण्डव्यले भने, > "यो सम्मानले मलाई अझै राष्ट्रसेवामा समर्पित हुन हौसला दिएको छ। नेपाली संस्कृति र सम्पदाको संरक्षण मेरो जीवनको लक्ष्य हो।"

कार्यक्रममा कलाकार, पत्रकार, सामाजिक अभियन्ता र विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

  • H

थप