Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

शब्दयात्रा प्रकाशनद्वारा काभ्रेका तीन पत्रकार सम्मानित

  •   २ वर्ष अघि | २१ मंसिर २०८१, शुक्रबार

बनेपा । शब्दयात्रा प्रकाशन, बनेपाले काभ्रेका तीन जना सक्रिय पत्रकारलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गरेको छ। शुक्रबार प्रकाशनको कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रल्हाद शर्मा हुमागाईं, केशवराज पौडेल, र कपिल कोइरालालाई सम्मान गरिएको हो।

हरिगोपाल प्रधानले व्यवस्थापन गरेको फोटोपत्रकारिता सम्मान पत्रकार केशवराज पौडेललाई प्रदान गरियो। विद्युतीय पत्रकारिता सम्मान कपिल कोइरालाले प्राप्त गरे भने छापा पत्रकारिता सम्मान प्रल्हाद शर्मा हुमागाईंलाई प्रदान गरियो। पौडेल गोरखापत्र, कोइराला हिमालय टेलिभिजन, र हुमागाईं प्रभातफेरि साप्ताहिकसँग आबद्ध हुनुहुन्छ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति कूलप्रसाद कोइराला, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, र हरिगोपाल प्रधानलगायतले सम्मानित पत्रकारहरूलाई कदरपत्र प्रदान गर्नुभयो।

स्रष्टा र विद्यार्थी सम्मान पनि प्रदान

कार्यक्रमका क्रममा तीनजना स्रष्टाहरू—अमृत अधिकारी, पुण्यवती घले, र रश्मी हुमागाईंलाई विद्वतवृत्ति सम्मान प्रदान गरियो। यसैगरी, काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारिता अध्ययनरत अनिशा खत्रीलाई पत्रकारिता छात्रवृत्ति सम्मान र विकलाङ्ग छात्रवृत्ति रोशनी खत्रीलाई प्रदान गरियो।

पुस्तक विमोचन पनि सम्पन्न

कार्यक्रममा साहित्यकार हरि मञ्जुश्रीको योगदानमाथि केन्द्रित 'पाठकका आँखामा हरि मञ्जुश्री' पुस्तक र सुदीप अधिकारीद्वारा लिखित 'नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द' पुस्तक विमोचन गरियो।

प्रमुख अतिथी कूलप्रसाद कोइरालाले ज्ञानको खोज र अध्ययनको महत्वमाथि जोड दिँदै भन्नुभयो, "पेटको भोकले मान्छेलाई मूर्ख बनाउँछ, तर ज्ञानको भोकोले विद्वान बनाउँछ। गहिरो अनुसन्धान गर्नसके मात्र ज्ञानको सही निष्कर्षमा पुग्न सकिन्छ।"

सम्मानलाई निरन्तरता दिने योजना

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले संस्थाले हरेक वर्ष २० विभिन्न सम्मान प्रदान गर्दै आएको र आगामी वर्षहरूमा पनि यो परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको सफलताले काभ्रेको पत्रकारिता क्षेत्रलाई थप प्रोत्साहन गरेको संस्थाले जनाएको छ।


  • Jigyasa media

थप