काठमाडौं । नेपाली संस्कृति र साहित्यको क्षेत्रमा योगदान पुर्याउँदै आएका वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार आर.डी. प्रभास चटौतलाई नेपाल स्रष्टा समाजले सुभद्रा–विश्वराज स्रष्टा सम्मान-२०८१ प्रदान गर्ने भएको छ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन'को अध्यक्षतामा बसेको समाजको बैठकले चटौतलाई यो सम्मान दिने निर्णय गरेको हो। नगद राशी २१ हजार एक सय एघारसहितको सम्मान आगामी पुस १६ गते काठमाडौंमा विशेष कार्यक्रम गरी प्रदान गरिनेछ। सो कार्यक्रम समाजको १८ औं स्थापना दिवसका अवसरमा आयोजना गरिने बताइएको छ।
समाजले यो सम्मान नेपाली साहित्यमा पारम्परिक तथा शास्त्रीय विधामा योगदान दिने स्रष्टाहरूलाई प्रदान गर्दै आएको छ। स्रष्टा समाजका अध्यक्ष रोदनले बताएअनुसार चटौतलाई यो सम्मान प्रदान गर्नु समाजका लागि गर्वको विषय भएको बताएको छ ।
सम्मानका लागि स्थापित योगदान
वि.सं. २०७४ मा कवि विधान आचार्यद्वारा स्थापित यो सम्मान हालसम्म रमेशचन्द्र देवकोटा, नारायणदत्त शास्त्री, प्रा. घनश्याम कँडेल, रमेश खकुरेल, भुवनहरि सिग्देल, श्रीहरि फुँयाल, र गोविन्दराज विनोदीलाई प्रदान गरिएको छ।
आर.डी. प्रभास चटौतले नेपाली साहित्य र संस्कृतिको संरक्षण र सम्वर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै समाजले यो निर्णय गरेको हो। चटौतको विशिष्ट कृतित्वले नेपाली संस्कृतिलाई थप बलियो बनाएको बताइएको छ।
सम्मानका विशेषता
सुभद्रा–विश्वराज स्रष्टा सम्मानले नेपाली साहित्यिक जगतमा शास्त्रीय र मौलिक सृजनाको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यसले साहित्यकारलाई प्रोत्साहन प्रदान गर्नुका साथै आगामी पुस्तालाई प्रेरणा दिने विश्वास गरिएको छ।
नेपाल स्रष्टा समाजको यो कदमले नेपाली साहित्यको शास्त्रीय विधालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
- Jigyasa media