Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा विश्व कविता दिवस भव्य रूपमा मनाइयो

  •   २ वर्ष अघि | ८ चैत्र २०८१, शुक्रबार

काठमाडौं । सुनकोसी वाङ्मय प्रतिष्ठानले राजधानीमा विशेष कविता वाचन कार्यक्रम गर्दै विश्व कविता दिवस उल्लासपूर्ण रूपमा मनाएको छ।

शुक्रबार आयोजित कार्यक्रममा कवि विमल भौकाजीको प्रमुख आतिथ्यतामा ख्यातिप्राप्त स्रष्टाहरूले आफ्ना सशक्त रचनाहरू प्रस्तुत गरे। वाचनमा सहभागी हुने सर्जकहरूमा छविरमण सिलवाल, हरिष कल्पित, सुमन सौरभ, प्रदीप सापकोटा, तारा के.सी., प्रेम थापा, गंगा खतिवडा, शशीश्री आचार्य लगायतका कविहरू रहेका थिए।


समसामयिक विकृति, विसंगति विरुद्धको चेतना तथा प्रेम, सद्भाव, र भावनात्मक अभिव्यक्तिले भरिएका कविताहरू कार्यक्रममा प्रस्तुत गरिए।

कार्यक्रमका प्रमुख अतिथि कवि विमल भौकाजीले कविता केवल लेखिने वस्तु नभई मनका भावनाहरू प्रकट गर्ने प्रभावशाली माध्यम रहेको उल्लेख गरे।

प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कार्यक्रमको अध्यक्षता गर्दै संस्थाका गतिविधिबारे जानकारी दिँदै सबै सहभागीलाई धन्यवाद ज्ञापन गरे।

महासचिव प्रदीप सापकोटाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमको स्वागत मन्तव्य इखवर नेटका प्रबन्ध निर्देशक बसन्तराज नकर्मीले व्यक्त गरेका थिए।

मिडिया पार्टनरको रूपमा इखवर नेट रहेको यो विशेष कार्यक्रम कविता प्रेमीहरूका लागि स्मरणीय बन्यो।


  • Jigyasa media

थप