Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन, नेपाली साहित्यले गुमायो एक स्तम्भ

  •   २ वर्ष अघि | १ चैत्र २०८१, शुक्रबार

काठमाडौं । नेपाली साहित्यका एक स्तम्भ, प्रख्यात साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ।

भारतको आसामका स्थायी बासिन्दा क्षेत्रीको गएराति गुवाहाटीमा निधन भएको हो। साहित्यिक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले उनको निधनको पुष्टि गरेका छन्।

क्षेत्रीले आफ्नो कलममार्फत नेपाली साहित्यमा अभूतपूर्व योगदान दिएका थिए। उनका चर्चित कृतिहरूमा बसाइँ, अतृप्त, ब्रह्मपुत्रको छेउछाउ उपन्यास, आसाममा नेपाली भाषाको साह्रोगाह्रो निबन्ध संग्रह, साथै कथा, निबन्ध, नाटकसमेत समेटिन्छन्। नेपाली साहित्यको श्रीवृद्धिमा उनले पुर्‍याएको योगदान अमूल्य मानिन्छ।

जगदम्बाश्री पुरस्कार प्राप्त क्षेत्री भानु पुरस्कारलगायत विभिन्न सम्मानबाट विभूषित थिए। भारत सरकारले उनलाई सर्वोच्च नागरिक सम्मान ‘पद्मश्री’बाट समेत सम्मान गरेको थियो।

उनको निधनसँगै नेपाली साहित्यले एक युग गुमाएको अनुभूति साहित्यिक वृत्तमा छाएको छ।


  • Jigyasa media

थप