Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

प्रथम महिला राधिका शाक्यको ‘करुणा’ आत्मकथा सार्वजनिक

  •   २ वर्ष अघि | १० फाल्गुन २०८१, शनिबार

काठमाडौं, फागुन १० – प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ सार्वजनिक गरिएको छ।

आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा पुस्तक लोकार्पण गरिएको हो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्मा उपस्थित थिए।

प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यको ३७औँ वैवाहिक वर्षगाँठको अवसरमा पुस्तक विमोचन गरिएको हो। शाक्यले आत्मकथामा आफ्नो जीवन अनुभव, भोगाइ तथा प्रधानमन्त्री ओलीको संघर्ष, सफलता र समाजसेवाका विभिन्न प्रसंग समेटिएको बताइन्।

पुस्तकमा शाक्यको बाल्यकाल, शिक्षा, पेशागत यात्रा र परिवारसँग जोडिएका विभिन्न प्रसंग उल्लेख छन्। "न म साहित्यकार हुँ, न त लेखिका, तर मनमा लागेका कुरा लेख्ने गर्थें। ती संकलन आज पुस्तकका रूपमा आएका छन्," उनले भनिन्।

  • Jigyasa media

थप