Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

प्रथम महिला राधिका शाक्यको ‘करुणा’ आत्मकथा सार्वजनिक

  •   १ वर्ष अघि | १० फाल्गुन २०८१, शनिबार

काठमाडौं, फागुन १० – प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ सार्वजनिक गरिएको छ।

आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा पुस्तक लोकार्पण गरिएको हो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्मा उपस्थित थिए।

प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यको ३७औँ वैवाहिक वर्षगाँठको अवसरमा पुस्तक विमोचन गरिएको हो। शाक्यले आत्मकथामा आफ्नो जीवन अनुभव, भोगाइ तथा प्रधानमन्त्री ओलीको संघर्ष, सफलता र समाजसेवाका विभिन्न प्रसंग समेटिएको बताइन्।

पुस्तकमा शाक्यको बाल्यकाल, शिक्षा, पेशागत यात्रा र परिवारसँग जोडिएका विभिन्न प्रसंग उल्लेख छन्। "न म साहित्यकार हुँ, न त लेखिका, तर मनमा लागेका कुरा लेख्ने गर्थें। ती संकलन आज पुस्तकका रूपमा आएका छन्," उनले भनिन्।

  • Jigyasa media

थप