Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

पहिचान पुरस्कारको उत्कृष्ट ८ पुस्तकहरूको सूचीमा काभ्रेका निर्भिकको कविता सङ्ग्रह पनि

  •   २ वर्ष अघि | २५ भदौ २०८१, मङ्लबार

काठमाडौं, २५ भदौ २०८१ – पहिचान पुरस्कार कोषले आज प्रकाशित एक प्रेस विज्ञप्तिमा २०८०/२०७९ र २०८१/२०८२ सालमा प्रकाशित भएका पुस्तकहरूबाट आठ उत्कृष्ट पुस्तकहरूको सूची घोषणा गरेको छ। कोषका संस्थापक नरेश काङ्माङ राईको हस्ताक्षरसहितको विज्ञप्ति अनुसार, १० सेप्टेम्बर २०२४ मा बसेको कोषको बैठकले यी पुस्तकहरू छनोट गरेको हो। जसमा काभ्रेका निर्भिक जंग रायमाझीको त्यसरी त कहिल्यै सोचिएन कविता संग्रह पनि छनोटमा परेका छ । 

छनोट भएका उत्कृष्ट ८ पुस्तकहरूमा विभिन्न विधा र लेखकहरूको योगदानलाई समेटिएको छ। सूचीमा समावेश गरिएका पुस्तकहरू यसप्रकार छन्:

 

1. सिर्लिङ्जुङ: गीलु रातोस्

2. गोपीचन्द: विश्व कटुवाल

3. झोाको पिँढार: मिषाच

4. औं पेदाङ्गी: राजु स्याङ्तान

5. चिया गाफ: प्रविन खालिङ (भारत)

6. सपनाहरूको बही: अमृगभी थेंयुवा

7. मुन्ट्रुङ ट्रेल: श्याम सामसोहाङ राई

8. त्यसरी त कहिल्यै सोचिएन: निर्भीकजंग रायामाझी


यी पुस्तकहरू पहिचान, साहित्य, र समाजका विविध आयामलाई समेटेर लेखिएका हुन्। विज्ञप्तिमा उल्लेख भएअनुसार, यी पुस्तकहरूले विशेष गरी समाजमा रहेका सांस्कृतिक र सामाजिक विविधतालाई उजागर गरेका छन्। कोषले आगामी दिनमा पुरस्कार घोषणा र वितरणको मिति पनि सार्वजनिक गर्नेछ। 

पुरस्कार कोषले पहिचान र सांस्कृतिक संरक्षणलाई प्रोत्साहन गर्दै आएका लेखकहरूलाई सम्मान गर्दै आएको छ।

  • Jigyasa media

थप