Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

पहिचान पुरस्कारको उत्कृष्ट ८ पुस्तकहरूको सूचीमा काभ्रेका निर्भिकको कविता सङ्ग्रह पनि

  •   २ वर्ष अघि | २५ भदौ २०८१, मङ्लबार

काठमाडौं, २५ भदौ २०८१ – पहिचान पुरस्कार कोषले आज प्रकाशित एक प्रेस विज्ञप्तिमा २०८०/२०७९ र २०८१/२०८२ सालमा प्रकाशित भएका पुस्तकहरूबाट आठ उत्कृष्ट पुस्तकहरूको सूची घोषणा गरेको छ। कोषका संस्थापक नरेश काङ्माङ राईको हस्ताक्षरसहितको विज्ञप्ति अनुसार, १० सेप्टेम्बर २०२४ मा बसेको कोषको बैठकले यी पुस्तकहरू छनोट गरेको हो। जसमा काभ्रेका निर्भिक जंग रायमाझीको त्यसरी त कहिल्यै सोचिएन कविता संग्रह पनि छनोटमा परेका छ । 

छनोट भएका उत्कृष्ट ८ पुस्तकहरूमा विभिन्न विधा र लेखकहरूको योगदानलाई समेटिएको छ। सूचीमा समावेश गरिएका पुस्तकहरू यसप्रकार छन्:

 

1. सिर्लिङ्जुङ: गीलु रातोस्

2. गोपीचन्द: विश्व कटुवाल

3. झोाको पिँढार: मिषाच

4. औं पेदाङ्गी: राजु स्याङ्तान

5. चिया गाफ: प्रविन खालिङ (भारत)

6. सपनाहरूको बही: अमृगभी थेंयुवा

7. मुन्ट्रुङ ट्रेल: श्याम सामसोहाङ राई

8. त्यसरी त कहिल्यै सोचिएन: निर्भीकजंग रायामाझी


यी पुस्तकहरू पहिचान, साहित्य, र समाजका विविध आयामलाई समेटेर लेखिएका हुन्। विज्ञप्तिमा उल्लेख भएअनुसार, यी पुस्तकहरूले विशेष गरी समाजमा रहेका सांस्कृतिक र सामाजिक विविधतालाई उजागर गरेका छन्। कोषले आगामी दिनमा पुरस्कार घोषणा र वितरणको मिति पनि सार्वजनिक गर्नेछ। 

पुरस्कार कोषले पहिचान र सांस्कृतिक संरक्षणलाई प्रोत्साहन गर्दै आएका लेखकहरूलाई सम्मान गर्दै आएको छ।

  • Jigyasa media

थप