Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

सुनकोशी वाङ्मय प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न, छविरमण सिलवाल अध्यक्षमा निर्वाचित

  •   १ वर्ष अघि | ६ भदौ २०८२, शुक्रबार

काठमाडौं, भदौ ६ ।

सुनकोशी वाङ्मय प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभा शुक्रबार राजधानीमा सम्पन्न भएको छ । सभाले छविरमण सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिमा उपाध्यक्ष – रामसुन्दर देउजा, महासचिव – प्रदीप सापकोटा,कोषाध्यक्ष – तारा केसी,सदस्यहरू – पूर्णबहादुर श्रेष्ठ, शुभद्रा अधिकारी, वसन्तराम नकर्मी लगायत छन् ।

प्रमुख अतिथि प्रा.डा. लक्ष्मणप्रसाद गौतमले पानसमा द्धीप प्रज्वलन गर्दै सभाको उद्घाटन गरेका थिए । उनले भनाइमा संस्थाको दिगोपन र सदस्यहरूको एकताको महत्व जोड दिँदै भने –

> “साहित्यिक संस्था त धेरै खुल्छन्, तर मन नमिल्दा फुट्छन् । सुनकोशी त्यस्तो नहोस् । ‘यो मेरो संस्था हो’ भन्ने भावना सबैमा भए मात्र प्रतिष्ठान दीगो बन्छ । नाम जस्तै काम गरेर देखाउनु नै अबको चुनौती हो।”

उद्घाटन सत्रमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ साहित्यकार पवन आलोक, लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरी कोइरालालगायतले शुभकामना मन्तव्य दिएका थिए ।

बन्द सत्रमा महासचिव प्रदीप सापकोटाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष तारा केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे, जसलाई सभाले सर्वसम्मत अनुमोदन गर्यो । बन्द सत्रको अध्यक्षता निर्वाचन समितिका संयोजक श्रीबाबु कार्कीले गरेका थिए ।

कार्कीको संयोजकत्वमा सुमन सौरभ र अधिवक्ता विजयभक्त श्रेष्ठ सदस्य रहेको समितिले सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरेको हो । नवनिर्वाचित पदाधिकारीलाई प्रा.डा. गौतमले प्रमाणपत्र वितरण गर्दै बधाई ज्ञापन गरे भने संयोजक कार्कीले सपथ खुवाएका थिए ।

स्थापना भएको छोटो अवधिमै प्रतिष्ठानले विभिन्न साहित्यिक गतिविधीमार्फत नेपाली वाङ्मय क्षेत्रमा छुट्टै प्रभाव छोडेको भन्दै वक्ताहरूले नयाँ नेतृत्वप्रति शुभकामना व्यक्त गरेका थिए ।

  • Jigyasanepal

थप