Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

मुरहरि रायमाझीको 'गाउँ बिरानो भयो' सार्वजनिक

  •   १० महिना अघि | २५ असोज २०८२, शनिबार

काभ्रे

कवि मुरहरि रायमाझीको चौथो पुस्तक 'गाउँ बिरानो भयो' प्रगतिशील लेखक संघको एक कार्यक्रमबीच बनेपामा लोकार्पण गरिएको छ । शिक्षाविद् विद्यानाथ कोइराला, साहित्यकार जीवेन्द्रदेव गिरी, हरि मञ्जुश्री, रक्तिम लामालगायतले सार्वजनिक गरे । 

कविता र गजल लेखनमा परिचित रायमाझीको यसअघि दुई गजलसङ्ग्रह र एक कवितासङ्ग्रह प्रकाशित छ। कवितासङ्ग्रह 'गाउँ बिरानो भयो'मा छन्द कविता, गजल, मुक्तक, हाइकु, साइनो गरी कविताका सात विधाका रचनाहरू समावेश छन् । सोही अवसरमा प्रगतिशील लेखक संघ काभ्रेपलाञ्चोकको प्रकाशनमा 'काभ्रेली आवाज' नामक संयुक्त कवितासङ्ग्रह पनि सार्वजनिक गरियो । यस्तै नवराज दाहाल उत्साहीले विशेष रचना वाचन गरे । 

प्रगतिशील लेखक संघ काभ्रेपलाञ्चोकले प्रत्येक महिना रचना वाचन तथा लेखक भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ ।

  • Jigyasanepal

थप