Breaking News
आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

डा. श्यामसुन्दर राजवंशीको ‘विक्रम संवत देखि लुम्बिनीसम्म’ : इतिहास, संस्कृति र तथ्य अन्वेषणको सुदृढ दस्तावेज सार्वजनिक

  •   ८ महिना अघि | १० मंसिर २०८२, बुधबार

काठमाडौँ ।

लिपि तथा इतिहासविद डा. श्यामसुन्दर राजवंशीद्वारा रचित महत्वपूर्ण कृति ‘विक्रमसंवतदेखि लुम्बिनीसम्म’ आज राजधानीमा एक औपचारिक समारोह मार्फत लोकार्पण गरिएको छ। इखबरनेट मिडियाको आयोजनामा चिवहाल, ठमेल–गौचरमा सम्पन्न उक्त कार्यक्रम साहित्य, संस्कृति र इतिहासका दिग्गज व्यक्तित्वहरूको उपस्थितिले विशेष रूपमा गुलजार बन्यो।

गौरवपूर्ण उपस्थितिमा कृतिको लोकार्पण

कार्यक्रममा संस्कृति शिरोमणि हरिराम जोशी, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, वरिष्ठ साहित्यकार ओम श्रेष्ठ ‘रोदन’, दिलबहादुर श्रेष्ठ, तथा इखबरनेटका प्रधान सम्पादक प्रदीप सापकोटा लगायत व्यक्तिहरूले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे।

“इतिहास कहिल्यै पूर्ण हुँदैन” – संस्कृति शिरोमणि जोशी

प्रमुख अतिथि हरिराम जोशीले कृतिको महत्त्वबारे बोल्दै भने

“इतिहास कहिल्यै पूर्ण हुँदैन। सत्यको खोज निरन्तर जारी रहने प्रक्रिया हो, र डा. राजवंशीले त्यस यात्रामा उल्लेखनीय सफलता हासिल गर्नुभएको छ। परम्परागत मान्यतालाई तथ्यले चुनौती दिँदै नयाँ दृष्टि प्रदान गर्नु नै यो पुस्तकको मूल शक्ति हो।”

“तथ्य र प्रमाणले भरिएको योगदान” – महानिर्देशक प्रधानाङ्ग

लोकार्पित कृति माथिको चर्चा गर्दै पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले पुस्तकभित्र नयाँ–नयाँ तथ्य, इतिहासका उपेक्षित कोण, र प्रमाणहरूका गाम्भीर्यपूर्ण विश्लेषण भरिएको उल्लेख गरिन्।

उनका अनुसार, “अभिलेख विज्ञका रूपमा डा. राजवंशीले महत्वपूर्ण स्रोतहरू खोलिदिएका छन्, जसले अनुसन्धानकर्ता, विद्यार्थी, इतिहास पाठक सबैलाई यो कृति उपयोगी बनाउँछ।”

“इतिहास सधैं खोजकै विषय” – वरिष्ठ लेखक ‘रोदन’

नेपाल स्रष्टा समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार ओम श्रेष्ठ ‘रोदन’ले कृतिलाई महत्वपूर्ण ऐतिहासिक कडीका रूपमा व्याख्या गर्दै भने—

“इतिहास सधैं खोजकै विषय रहन्छ। यो कृति त्यस खोज यात्रा लाई अझ गहिरो बनाउने दिशामा अघि बढेको छ। यसलाई धेरैभन्दा धेरै पाठकसम्म पुर्‍याउन आवश्यक छ।”

कृतिकार डा. राजवंशी भावुक

स्वयम् कृतिकार डा. राजवंशीले कार्यक्रमलाई आफ्नो जीवनको सुखद र अर्थपूर्ण क्षण भनी वर्णन गर्दै भने—

“पाठकको प्रतिक्रिया नै रचनाकारका लागि सबैभन्दा ठूलो पुरस्कार हो। मेरा अनुसन्धानहरू पाठकले बुझून्, प्रश्न उठाऊन्, र इतिहासप्रतिको चेतना अझ बिस्तार होस् भन्ने मेरो चाहना हो।”

सहकार्य र सम्मानपूर्ण वातावरणमा सम्पन्न कार्यक्रम

इखबरनेट अनलाइनका प्रधान सम्पादक प्रदीप सापकोटाको सन्चालनमा सम्पन्न कार्यक्रमको सभापतित्व दिलबहादुर श्रेष्ठले गरेका थिए।

प्रकाशन गृहका प्रबन्धक बसन्तराम नकर्मीले स्वागत मन्तव्य राखे भने, मञ्चासीन अतिथिहरूलाई रास्टमान तुलाधरले सम्मानस्वरूप खादा अर्पण गरे।

कार्यक्रम चिवहाल परिवार, ठमेल र अशोक चैत्य जिणोद्वार तथा संरक्षण समितिको सहकार्यमा सम्पन्न भएको थियो।

‘विक्रम संवत देखि लुम्बिनीसम्म’ इतिहासविद डा. राजवंशीको गहिरो अनुसन्धान, तथ्यसङ्कलन र सांस्कृतिक यात्राको प्रतिबिम्ब मात्र नभई नेपाली इतिहास लेखनमा एउटा गम्भीर र मूल्यवान् कडी भएको सबै वक्ताहरूले एक स्वरमा उल्लेख गरे।

  • Jigyasanepal

थप