Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

कवि लाकोजूसॅग अन्तरसंवाद

  •   ६ महिना अघि | २ फाल्गुन २०८२, शनिबार

भक्तपुर। साहित्यलाई मानव। जीवनसॅग जोड्दै सिर्जनालाई जीवन्त बनाउने उद्देश्यले बुक क्लब भक्तपुरले कवि तथा बहुआयामिक साहित्यकार सूर्यप्रसाद लाकोजूसँग विशेष अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ। करिब दुई घन्टाभन्दा बढी समयसम्म चलेको उक्त कार्यक्रममा साहित्यकार लाकोजूसँग साहित्य, जीवन, इतिहास, संस्कार र सिर्जनाको बारेमा गहिरो चर्चा भएको थियो । पनौतीजस्तो सांस्कृतिक र प्राकृतिक दृष्टिले महत्त्वपूर्ण ठाउँमा जन्मिएर हुर्किएका लाकोजूले बाल्यकालदेखि नै जात्रा–पर्व, मठमन्दिर र स्थानीय संस्कारबाट प्रेरणा लिएको प्रसङ्ग जोड्दै उनले संस्कृतिहरू हाम्रो पहिचान.भएको बताए । 

कार्यक्रममा लाकोजूका कविता, मुक्तक, कथा, हाइकु, नियात्रा, अनुसन्धानमूलक निबन्ध, संस्मरण, अनुवाद तथा बालसाहित्यसम्म फैलिएको सिर्जनात्मक विस्तारको चर्चा गर्दै उनलाई “बहुभाषिक र बहुविधात्मक स्रष्टा”का रूपमा परिचित गराइयो। नेपालीसँगै हिन्दी, अङ्ग्रेजी र नेपाल भाषामा समेत कलम चलाएर उनले आफ्नै पृथक् पहिचान बनाएको उल्लेख गरिएको थियो। विभिन्न प्रश्नहरूको जवाफ दिने क्रममा कवि लाकोजूले आफ्नो लेखनको मूल प्रेरणा तत्कालीन परिवेश, सामाजिक घटनाक्रम र समाजप्रतिकाे दायित्वबोध भएको बताए। “साहित्य परिवर्तनको प्रतीक हो,” उनले भने, “यसले सिङ्गो समाजलाई सकारात्मक ऊर्जा दिन सक्छ।”

‘घाम’लाई प्रतीकको वनाएर बारम्बार प्रयोग गर्दै सिर्जनामा रमेका घामलाई उज्यालोको प्रतीक मात्र नभइ सकारात्मक ऊर्जाको प्रतीक  भनि भएको विचार पोखे । 

अन्तरसंवादमा उनका विभिन्न विधाका कृतिहरूमाथि विशेष चर्चा गरिएको थियो। उनका ६ ओटा कविता सङ्ग्रहहरू, ५ ओटा मुक्तक सङ्ग्रहहरू , एक ओटा कथा सङ्ग्रह, दुई ओटा हाइकु सङ्ग्रह, तीन ओटा अनुसन्धानमूलक तथा सांस्कृतिक निबन्धहरू, दुईटा जीवनीपरक/प्रेरक कृतिहरू , बालसाहित्यका करिब एक दर्जन कृति,  नियात्रा कृति, आसामको स्पर्श, गीत सङ्ग्रह एक , संस्मरण स्मृतिको आँखिझ्यालबाट एक सिर्जना–प्रशिक्षणसम्बन्धी सिर्जना लेखनकला समेत उनका महत्वपूर्ण कृतिहरू हुन्। यिनै कृति तथा साहित्यिक सिर्जना, जीवन र जगतको वरपर रहेर अन्तरसंवाद.भएको थियो । 

कार्यक्रम सञ्चालक हरिसुन्दर छुकांले कवि लाकोजूको लेखन यात्रा, चुनौती, अवसर र भविष्यका योजनाबारे दर्जनभन्दा बढी जिज्ञासा राखेका थिए । जवाफमा लाकोजूले आफूलाई “अक्षरकर्मी”को रूपमा परिचित गराउँदै आफ्नो लेखनले देश र समाजलाई सकारात्मक योगदान दिनुपर्छ भन्ने धारणा व्यक्त गरे। अन्तरसंवादका बीचबीचमा कविता वाचन गर्दै उनले देश, काल र परिस्थितिको चित्रणसमेत गरेका थिए ।

लेखक लोभ, लालच र डरभन्दा माथि उठेर सत्यको पक्षमा उभिएर स्वतन्त्रपूर्वक लेख्ने साहस हुनुपर्ने उल्लेख गर्दै साहित्यमा देखिएका विकृतिप्रति कटाक्ष पनि गरे। 

अन्तरसंवादमा उपस्थित महानुभावहरूले लाकोजूका काव्य प्रवृत्तिगत विशेषता, प्रकृतिप्रेम, आध्यात्मिक संवेदना, सङ्घर्ष र योजनाबारे जिज्ञासा राखेका थिए।

सहभागीहरूले यस्ता कार्यक्रमले साहित्यलाई पाठ्य विषयमात्र नभई जीवित अनुभवका रूपमा बुझ्ने अवसर प्रदान गरेको बताए। 

कार्यक्रमको अन्त्यमा बुक क्लब भक्तपुरका अध्यक्ष दिनेश प्रधानले कवि लाकोजूलाई मायाको चिनो प्रदान गरे । कार्यक्रम कवि लाकोजूको छोरालाई कविता वाचनबाट प्रारम्भ भएर बदलिएर आयौ शीर्षकको कविता वाचनपछि समापन भएको थियो  ।

  • Jigyasanepal

थप