Breaking News
आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

नेपाल स्रष्टा समाजको कोशी प्रदेशको साधारण सभाद्धारा मार्सेली अध्यक्षमा चयन,गोकुल व्याकुलको आत्मसंस्मरण लोकार्पण

  •   ८ महिना अघि | ७ मंसिर २०८२, आइतवार


विराटनगर । नेपाल स्रष्टा समाज,कोशी प्रदेशको प्रथम साधारण सभा सम्पन्न भएको छ । 

समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा सम्पन्न सभाले कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । 

उक्त समितिमा लक्ष्मी पोखरेल सचिव,बाबुराम पोखरेल कोषाध्यक्ष चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः हरि कट्टेल,प्रयाग न्यौपाने,मीनकुमार नवोदित,निर्मला कोइराला,पुष्पा सायरा,शारदा भट्टराई,सुजाता राई र निर्मला नेपाल चयन गरेको हो । 

उक्त साधारण सभामा साहित्यकार गोकुल व्याकुलको जीवन,संघर्ष र मृत्यू आत्मसंस्मरण प्रमुख अतिथि रोदन लगायतका उपस्थित अतिथिहरुले लोकार्पण गरेका थिए । लोकार्पित कृतिमाथि प्रा.डा.भुषण ढुंगेलले समीक्षा गरेका थिए ।

यसैगरी साधारण सभामा विशिष्ठ अतिथिको रुपमा वरिष्ठ साहित्यकार विवश पोखरेल,प्रा.कविराज न्यौपाने,नेपाल स्रष्टा समाजका केन्द्रीय सदस्य प्रदीप सापकोटा,हरि कट्टेल,सरला चापागाईं लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

लोकार्पित कृतिका स्रष्टा गोकुल व्याकुलले लेखन गर्भको बारेमा आफ्नो अनुभूति राखेका थिए । 

कृष्णप्रसाद भण्डारी मार्सेलीको सभापतित्वमा सम्पन्न उक्त साधारण सभा लक्ष्मी पोखरेलको सञ्चालन तथा बाबुराम पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

  • Jigyasanepal

थप