Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

नेपाल स्रष्टा समाजको कोशी प्रदेशको साधारण सभाद्धारा मार्सेली अध्यक्षमा चयन,गोकुल व्याकुलको आत्मसंस्मरण लोकार्पण

  •   ११ महिना अघि | ७ मंसिर २०८२, आइतवार


विराटनगर । नेपाल स्रष्टा समाज,कोशी प्रदेशको प्रथम साधारण सभा सम्पन्न भएको छ । 

समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा सम्पन्न सभाले कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । 

उक्त समितिमा लक्ष्मी पोखरेल सचिव,बाबुराम पोखरेल कोषाध्यक्ष चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः हरि कट्टेल,प्रयाग न्यौपाने,मीनकुमार नवोदित,निर्मला कोइराला,पुष्पा सायरा,शारदा भट्टराई,सुजाता राई र निर्मला नेपाल चयन गरेको हो । 

उक्त साधारण सभामा साहित्यकार गोकुल व्याकुलको जीवन,संघर्ष र मृत्यू आत्मसंस्मरण प्रमुख अतिथि रोदन लगायतका उपस्थित अतिथिहरुले लोकार्पण गरेका थिए । लोकार्पित कृतिमाथि प्रा.डा.भुषण ढुंगेलले समीक्षा गरेका थिए ।

यसैगरी साधारण सभामा विशिष्ठ अतिथिको रुपमा वरिष्ठ साहित्यकार विवश पोखरेल,प्रा.कविराज न्यौपाने,नेपाल स्रष्टा समाजका केन्द्रीय सदस्य प्रदीप सापकोटा,हरि कट्टेल,सरला चापागाईं लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

लोकार्पित कृतिका स्रष्टा गोकुल व्याकुलले लेखन गर्भको बारेमा आफ्नो अनुभूति राखेका थिए । 

कृष्णप्रसाद भण्डारी मार्सेलीको सभापतित्वमा सम्पन्न उक्त साधारण सभा लक्ष्मी पोखरेलको सञ्चालन तथा बाबुराम पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

  • Jigyasanepal

थप