Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

सिलवालको कविताकृति ‘डोरम्याट’ माथि गहिरो परिचर्चा सम्पन्न

  •   २ वर्ष अघि | १७ चैत्र २०८१, आइतवार

काठमाडौं । कवि तथा सञ्चारकर्मी छविरमण सिलवालको कविताकृति ‘डोरम्याट’ माथि गहन परिचर्चा सम्पन्न भएको छ । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा उत्पला क्याफे, बौद्धमा आयोजित कार्यक्रममा समकालीन नेपाली कविताको विविध पक्षमाथि चर्चा गरियो ।

परिचर्चाका क्रममा वरिष्ठ कवि कृष्ण बाउसेले ‘डोरम्याट’ लाई नेपाली जनताको बिम्बको रूपमा प्रस्तुत गरिएको उल्लेख गरे । उनले भने, "कृतिमा समेटिएका केही सुन्दर पर्यावरणीय दृष्टिचेत बोकेका कविताहरू प्रभावशाली छन् ।" उनले आगामी संस्करणमा आवरण अझै प्रतिकात्मक बनाउन सुझाव दिए ।

कवि तथा सम्पादक विमल भौकाजीले "डोरम्याट आयातित शब्द भए पनि नेपाली भाषा-साहित्यले यसलाई पूर्ण रूपमा आत्मसात गरिसकेको" बताए । उनले कृतिको सरल, सुललित भाषा र समसामयिक सन्दर्भप्रति ध्यान पुर्‍याइएको उल्लेख गरे ।


त्यस्तै, कवि आरएम डंगोलले "समकालीन नेपाली कविताको मूल प्रवाहमै लेखिएका काव्यहरू यस कृतिमा समेटिएको" बताए । उनले कविताको शिर्षक प्रतिकात्मक हुँदा अझ बलियो बन्ने धारणा राखे ।

कवि तथा साहित्यकार नवराज रिजालले पाठकीय टिप्पणी प्रस्तुत गर्दै "कविता जीवनसँग जोडिनुपर्दछ" भने । उनले "जनताको भावनामा शोषण गर्ने गलत प्रवृत्तिप्रति कविताले व्यङ्ग्य गरेको" बताए ।

कार्यक्रमका सभाध्यक्ष तथा कृतिकार छविरमण सिलवालले "समाजका विभिन्न घटनाक्रमले आफूलाई कविता लेख्न प्रेरित गरेको" बताए । उनले परिष्कृत र परिमार्जित रूपमा आफ्ना सिर्जनाहरू पाठकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गरे ।


कार्यक्रममा कवि विष्णु थापा, विश्व सिग्देल, पूर्णबहादुर श्रेष्ठले ‘डोरम्याट’ का केही कविता वाचन गरेका थिए । साथै, होमशंकर बास्तोलाले स्वागत मन्तव्य राखेका थिए भने केशव पराजुली, बेदराज पौडेल लगायतले आ-आफ्नो धारणा व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव साहित्यकार प्रदीप सापकोटाले गरेका थिए । मिडिया पार्टनर ‘इखवर नेट डटकम’ रहेको उक्त कार्यक्रम आफैं विरुद्धको आफैंको सहकार्यमा सम्पन्न भएको थियो ।

‘डोरम्याट’ भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित कृति हो ।


  • Jigyasa media

थप