Breaking News
ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||    

"अभिवन्द्य" निबन्धसंग्रहको तेस्रो संस्करण सार्वजनिक

  •   १ वर्ष अघि | ११ चैत्र २०८१, सोमवार

काठमाडौं, चैत ११ – निबन्धकार श्रीओम श्रेष्ठ 'रोदन'द्वारा लिखित व्यक्ति निबन्धसंग्रह "अभिवन्द्य" को तेस्रो संस्करण सार्वजनिक गरिएको छ। सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा सोमबार राजधानीमा आयोजित कार्यक्रममा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रमोद प्रधान, निबन्धकार 'रोदन' लगायतले संयुक्त रूपमा कृति सार्वजनिक गरे।

नयाँ शैलीमा अभिवन्द्य

कार्यक्रममा कृतिमाथि समालोचनात्मक मन्तव्य राख्दै समालोचक प्रा.डा. गौतमले "पुस्तक पढ्नु भन्दा मान्छेलाई पढ्न गाह्रो छ। तर, रोदनले यो दुस्साहस गरेका छन्। अभिवन्द्य त्यस्ता मान्छेहरूको कथा हो, जो पढ्न लायक छन्।" भन्दै निबन्धमा अपनाइएको नयाँ शैलीको प्रशंसा गरे। उनले "क्रियाविनाका वाक्यहरू प्रयोग गरिए पनि निबन्ध प्रभावशाली छन्।" भन्दै नेपाली निबन्ध साहित्यमा यसले नयाँ प्रयोग प्रस्तुत गरेको उल्लेख गरे।


समालोचक प्रमोद प्रधानले "सरल भाषामा प्रस्तुत यी निबन्धहरूले पाठकको मन जित्नेछन्।" भन्दै पुस्तकप्रति आफ्नो उच्च मूल्यांकन व्यक्त गरे। उनले आफ्नै विषयमा समेटिएको निबन्ध रहेको बताउँदै उक्त कृति सार्वजनिक गर्न पाउँदा विशेष अनुभूति भएको उल्लेख गरे।

निबन्धकार रोदनको अभिव्यक्ति

लेखकीय धारणा प्रस्तुत गर्दै निबन्धकार श्रीओम श्रेष्ठ 'रोदन'ले भने, "शालिक र स्मृतिग्रन्थप्रति मेरो विश्वास छैन। त्यसैले जिउँदै सम्मान गर्नुपर्छ।" उनले जीवनमा आफ्नो सबैभन्दा ठूलो कमाई मित्रता रहेको बताए। निबन्ध लेखनमा राममणि रिसालको प्रभाव रहेको स्वीकार्दै उनले तेजेश्वर बाबु ग्वँगको लेखनशैलीबाट समेत प्रेरित भएको खुलाए।

समीक्षकहरूका दृष्टिकोण

समीक्षक प्रदीप सापकोटाले "व्यक्तित्वहरूको सामीप्यता, अनुभव र योगदानलाई निजात्मक अनुभूतिको चास्नीमा मिसाएर लेखिएका यी निबन्धहरू पठनीय छन्।" भन्दै कृति काव्यात्मक स्वादले भरिएको बताए। "सत्कर्म गर्नेहरूप्रति निबन्धहरूले सम्मान व्यक्त गरेका छन्, जसले पाठकलाई भावनात्मक रूपमा तान्छ।" उनले थपे।

कार्यक्रमका अन्य पक्षहरू

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले संस्थाको उद्देश्यबारे जानकारी गराए भने कोषाध्यक्ष तारा केसीले स्वागत मन्तव्य राखेका थिए। कवि तथा सञ्चारकर्मी ठाकुर बेलवासेले कार्यक्रम सञ्चालन गरेका थिए भने पूर्णबहादुर श्रेष्ठ 'ह्रदयङ्कृत' ले धन्यवाद ज्ञापन गरेका थिए।


  • Jigyasanepal

थप