Breaking News
आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

कार्तिक कृष्ण त्रयोदशी: तिहार अर्थात् यमपञ्चकको सुरु, नयाँ भाँडा र गरगहना किनियो

  •   २ वर्ष अघि | १३ कार्तिक २०८१, मङ्लबार

काठमाडौं - आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरस पर्वको दिनमा, घरघरमा ताम्र, पित्तल, चाँदी र सुनका नयाँ भाँडा तथा गरगहना किनेको छ। यसलाई यमपञ्चकको पहिलो दिनको रुपमा मनाइन्छ। धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा आज विशेष पूजा गरिएको छ, जसमा नयाँ भाँडाकुँडा किनेर घरमा ल्याइन्छ। विश्वास गरिन्छ कि यसरी पूजा गरेमा लक्ष्मी स्थिर रूपमा घरमा वास गर्छिन्।

धनतेरसको दिन नयाँ धातुका वस्तु किन्ने धार्मिक परम्परा छ। यो दिनलाई "धन त्रयोदशी" वा "भाण्ड त्रयोदशी" पनि भनिन्छ। राजधानीका बजारमा भाँडा तथा गहना किन्न आउनेहरुको भीड थियो। तिहारको मुख्य उत्सव लक्ष्मीपूजासम्म नयाँ भाँडाकुँडा किन्ने चलन जारी रहनेछ।

त्यस्तै, तिहारको सुरुवातसँगै घर, व्यापारिक प्रतिष्ठानहरूमा दीपावली पनि सुरु गरिएको छ। बुधबार काग पूजा, बिहीबार नरक चतुर्दशी र शुक्रबार लक्ष्मीपूजा गरिनेछ। यो पर्व दीपको रोशनीले जीवनमा सकारात्मकता ल्याउने विश्वास गरिन्छ।


  • RSS

थप