Breaking News
विराटको अविजित ७५ रनमा ब्यांग्लोर च्याम्पियन, लगातार दोस्रोपटक आईपीएल उपाधि कब्जा    ||     मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : चालु आवमै ९ विदेशीसहित १३ पर्यटकको मृत्यु    ||     ४१ हप्ताकी गर्भवती महिलाको धुलिखेल अस्पतालमा मृत्यु, शिशुको आईसीयूमा उपचार जारी    ||     ममता काफ्ले भट्ट प्रकरणमा नयाँ मोड : बेपत्ता भएको झन्डै दुई वर्षपछि आराबाट मानव कपाल फेला    ||     पराजुलीको हिमलुङमा पलाएको माया लोकार्पण    ||     पश्चिमी वायुको प्रभाव कायम : आज देशका धेरै स्थानमा वर्षा, हावाहुरी र चट्याङको सम्भावना    ||     काठमाडौँ आउँदै गरेको जिप नुवाकोटमा दुर्घटना, एकको मृत्यु    ||     हृदयविदारक घटना : ३१ दिनकी शिशु खाल्डोमा पुरिएको अवस्थामा मृत फेला, आमा पक्राउ    ||     युएफसीको सेमिफाइनलमा नेपाली चमक : रविन्द्र ढाँटको ऐतिहासिक छलाङ    ||     माग्नेको भेषमा काठमाडौंमा बालिका अपहरण प्रयास, स्थानीयको सतर्कताले बचिन् ५ वर्षीया बालिका    ||    

मिथिलाञ्चलमा धातृ नवमीका रूपमा अक्षय नवमी पर्व हर्षोल्लासपूर्वक मनाइँदै

  •   २ वर्ष अघि | २५ कार्तिक २०८१, आइतवार

काठमाडौं — मिथिलाञ्चल क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै छ, जुन धातृ नवमी वा इच्छा नवमीका नामले पनि परिचित छ। यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा विशेष महत्त्वका साथ मनाइन्छ।

मिथिला परम्पराअनुसार, यस पर्वमा अमला (धातृ) रुखको फेदमा बसेर वनभोजको आयोजना गरिन्छ। अमलाको विशेष परिकार (जस्तै, अचार, मुरब्बा, चटनी) तयार गरी बगैंचा वा वन क्षेत्रमा सामूहिक भोज गरिन्छ। परम्पराअनुसार, यस दिन शुद्ध शाकाहारी भोजनमा अमलाको परिकार अनिवार्य मानिन्छ। जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार, यो पर्वले चिसो मौसम सुरु हुने संकेत गर्दै अमलालाई भोजनमा समावेश गर्ने परम्परालाई प्रोत्साहन गर्छ।

यस पर्वमा किशोर र युवा विशेषतः वनभोजको लागि वन क्षेत्र र उद्यानमा पुग्छन्। दिनभरि भगवान् विष्णुको आराधना गरेर साँझ अमलाको रुखमुनि सहभोज गरिन्छ। यो परिवारजन र समुदायसँग मिलेर भोजन गर्ने परम्पराले सामुदायिक एकता र सहकार्यलाई अझ प्रगाढ बनाउँछ।

मिथिलामा यो पर्वलाई ‘कुष्माण्डा नवमी’ पनि भनिन्छ। धार्मिक मान्यताअनुसार, द्वापरयुगमा भगवान् श्रीकृष्णले कुष्माण्डक दैत्यको संहार गरी मथुरा, वृन्दावन, र गोवर्धन क्षेत्रको परिक्रमा गरेको स्मृतिमा यो पर्व मनाउने चलन रहेको मिथिला संस्कृति विशेषज्ञ साहित्यकार एवं संस्कृतिविद् सत्यनारायण साहले जानकारी दिए।

यो पर्वले मिथिलाञ्चलको समृद्ध सांस्कृतिक धरोहरलाई उजागर गर्नुका साथै धार्मिक आस्थाको संरक्षण र प्रवर्द्धन गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ।


  • Jigyasa media

थप