Breaking News
आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||    

मिथिलाञ्चलमा धातृ नवमीका रूपमा अक्षय नवमी पर्व हर्षोल्लासपूर्वक मनाइँदै

  •   २ वर्ष अघि | २५ कार्तिक २०८१, आइतवार

काठमाडौं — मिथिलाञ्चल क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै छ, जुन धातृ नवमी वा इच्छा नवमीका नामले पनि परिचित छ। यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा विशेष महत्त्वका साथ मनाइन्छ।

मिथिला परम्पराअनुसार, यस पर्वमा अमला (धातृ) रुखको फेदमा बसेर वनभोजको आयोजना गरिन्छ। अमलाको विशेष परिकार (जस्तै, अचार, मुरब्बा, चटनी) तयार गरी बगैंचा वा वन क्षेत्रमा सामूहिक भोज गरिन्छ। परम्पराअनुसार, यस दिन शुद्ध शाकाहारी भोजनमा अमलाको परिकार अनिवार्य मानिन्छ। जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार, यो पर्वले चिसो मौसम सुरु हुने संकेत गर्दै अमलालाई भोजनमा समावेश गर्ने परम्परालाई प्रोत्साहन गर्छ।

यस पर्वमा किशोर र युवा विशेषतः वनभोजको लागि वन क्षेत्र र उद्यानमा पुग्छन्। दिनभरि भगवान् विष्णुको आराधना गरेर साँझ अमलाको रुखमुनि सहभोज गरिन्छ। यो परिवारजन र समुदायसँग मिलेर भोजन गर्ने परम्पराले सामुदायिक एकता र सहकार्यलाई अझ प्रगाढ बनाउँछ।

मिथिलामा यो पर्वलाई ‘कुष्माण्डा नवमी’ पनि भनिन्छ। धार्मिक मान्यताअनुसार, द्वापरयुगमा भगवान् श्रीकृष्णले कुष्माण्डक दैत्यको संहार गरी मथुरा, वृन्दावन, र गोवर्धन क्षेत्रको परिक्रमा गरेको स्मृतिमा यो पर्व मनाउने चलन रहेको मिथिला संस्कृति विशेषज्ञ साहित्यकार एवं संस्कृतिविद् सत्यनारायण साहले जानकारी दिए।

यो पर्वले मिथिलाञ्चलको समृद्ध सांस्कृतिक धरोहरलाई उजागर गर्नुका साथै धार्मिक आस्थाको संरक्षण र प्रवर्द्धन गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ।


  • Jigyasa media

थप