Breaking News
आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

तिहार सकिएसँगै सुरु भयो छठ पर्वको चटारो

  •   २ वर्ष अघि | १९ कार्तिक २०८१, सोमवार

काठमाडौं: तिहार पर्वको समापनसँगै तराईका साथै राजधानी काठमाडौंमा पनि छठ पर्वको तयारी सुरु भएको छ। पशुपति क्षेत्रअन्तर्गत गुह्येश्वरी मन्दिरदेखि गौरीघाटसम्मको वाग्मती किनारमा छठ पूजाका लागि आकर्षक छठघाट निर्माण गरिंदै छ। गुह्येश्वरी–गौरीघाट छठ पूजा समितिका अनुसार यस क्षेत्रमा ६७५ वटा पूजास्थल निर्माणको कार्यलाई तीव्रता दिइएको छ।

गुह्येश्वरी क्षेत्रका छठघाटलाई सजाउन सफाइ, माटो सम्याउने, र अन्य तयारीहरू भइरहेको छ। यस वर्ष पनि छठ पूजाका लागि आवश्यक व्यवस्थापनको खर्च जुटाउन समितिले प्रति छठघाट एक हजार एक सय शुल्क लिने योजना बनाएको छ। परम्परागत रूपमा पशुपति क्षेत्र विकास कोषले पनि सहयोग गर्दै आएकोमा यसपालि पनि सोही सहयोग पाउने आशा गरिएको छ।

काठमाडौंका अन्य स्थानमा पनि छठघाट निर्माण

कमलपोखरी र नागपोखरीजस्ता स्थानहरूमा पनि छठ पूजा गर्ने स्थलहरू निर्माणाधीन छन्। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै मनाइने छठ पर्वको विधि भने कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुन्छ। छठ व्रतालुहरूले पूजा अवधि भरि लसुन, प्याज, र अन्य तामसी परिकार परित्याग गरी शुद्ध बस्ने परम्परा रहेको छ।

यस वर्षको छठ महत्त्वपूर्ण मिति

यस वर्ष छठ पर्वको मुख्य दिन कात्तिक २२ गते बिहीबार परेको छ, जसमा बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। भोलिपल्ट, अर्थात् कात्तिक २३ गते, उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुने छ। कृषि प्रधान समाजमा छठ पर्वलाई धान र अन्य अन्नबाली भित्र्याइने समयमा देवतालाई चढाउने अवसरको रूपमा मनाइन्छ। पछिल्ला वर्षहरूमा काठमाडौं र पहाडी क्षेत्रहरूमा पनि छठको महत्त्व बढ्दै गएकोछ।

(रासस)


  • RSS

थप