Breaking News
आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

शिक्षक र अभिभावकहरूका लागि चर्चित कवि लेखक भूपिनको सन्देश

दशैं विदामा बालबालिकालाई स्वतन्त्रता दिनुस्।

  •   २ वर्ष अघि | १५ असोज २०८१, मङ्लबार

संदेश

प्रिय सर मिसहरू 

दशैँ बिदामा बालबालिकालाई के गृहकार्य दिने भनी सोचिरहनु भएको होला हगि ? नदिए प्रसासनको गाली खाने डर पनि उत्तिकै होला, बुझ्दछु । 

तर मेरो अनुरोध छ, कृपया पाठशालाको कैदबाट मुक्त भएका बालबालिकाहरूलाई कुनै गृहकार्य नदिनुस् । उनीहरूले यो बिदा स्वतन्त्र भएर बिताउन् । तपाईँहरूले पढ्नु भएकै होला, दार्शनिक एवम् प्रकृतिवादी शिक्षाविद रुसो भन्छन्, 'किताबहरू जलाईदेऊ, पर्खालहरू भत्काऊ र बच्चालाई लगेर प्रकृतिको काखमा फ्याँकिदेऊ । उनी औपचारिक शिक्षा र किताबी ज्ञानका बिरोधी थिए । किताबहरू जलाईदेऊ त नभनिहाल्नुस्, तर किताबको आतङ्कबाट केही दिन मुक्त हुन बच्चाहरूलाई सघाइदिनुस् । 

प्रिय अविभावकहरू

तपाईँहरूले पनि आफ्ना बालबच्चालाई गृहकार्यको भुतले नतर्साउनुस् । सक्नुहुन्छ भने ट्रेकिङ लग्नुस् वा गाउँघर र समाज घुमाउनुस् । दुध डेरीबाट आउँछ, चामल पसलमा फल्छ भन्ने बालबालिकालाई स्रोतहरूको जानकारी दिन खेत घुमाउनुस्, खेतबारीमा जताततै छापिएका हुन्छन् किसानका कथाहरू । ती कथाहरू पढ्न सिकाउनुस् । नानीहरूलाई श्रमप्रति प्रेम गर्न सिकाउनुस् । यो जीवनको महान् गुण हो । खेलजस्तो हुने गरि उनीहरूलाई आफ्नो जुठो भाँडा आफै माझ्न सिकाउनुस् । अलिअलि बारी खन्न, तरकारी लगाउन, पानी हाल्न पनि प्रेरित गर्नुस् । टुसा उम्रेको देखेर उनीहरूले जति खुशी प्राप्त गर्छन्, त्यो चानचुने खुशी होइन । उनीहरूलाई स्थानिय धान, अन्न, चरा, माछा, रुख आदि चिनाउनुस् ।

प्रकृति र माटोको महिमा जान्न प्रेरित गर्नुस् । यसबाट उनीहरूको संघर्षपूर्ण भविष्यका धेरै दुखहरू घट्ने छन् । महत्वपूर्ण कुरा, उनीहरूको लत बनिसकेको स्क्रिट टाइम पनि घट्नेछ । विशेष गरि सहरी बालबच्चाका खुट्टाहरू साँघुरा पर्खालभित्र कुँजिएका हुन्छन् । बिदामा खुट्टा तन्काउन खेलमा प्रेरित गर्नुस् । यसले जीवनका लागि अत्यावश्यक Motor Ability बढाउँछ । घरमा त उनीहरूले कति नुवाए नुवाए । मिलेसम्म खोलामा लगेर पौडिको आनन्द लिन प्रेरित गर्नुस् । खेलप्रतिको बच्चाहरूको रुचीलाई दुरुत्साहन नगर्नुस् । खेल जीवनको तैयारी होइन, स्वयम् जीवन हो । जीवनका लागि जरुरी कैयन आधारभूत सीपहरू सिक्न खेलले निकै मद्धत गर्छ । दशैँको मासु पनि पच्छ, स्वस्थ आदत पनि बन्छ ।

तपाईँले चाहनु भयो भने यी कुनै पनि कुरा असम्भव छैनन् ।

🙏

लेखक कवि भूपिन खड्काको सामाजिक सञ्जाल फेसबुक बाट साभार ।।

  • Jigyasa media

थप