Breaking News
आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||    

वीरगन्जमा बेहुलासहित पाँच जनालाई ६ महिनाको कैद : सुनको सिक्रीको मागले विवाह भाँडियो

  •   १ वर्ष अघि | ९ बैशाख २०८२, मङ्लबार

जिज्ञासा संवाददाता, वीरगन्ज | वैशाख ९, २०८२

एक वर्षअघि वीरगन्जमा बिहेको मण्डपमै बेहुलाले सुनको सिक्री नपाएको भन्दै विवाह तोडेका घटना अहिले कानुनी निष्कर्षमा पुगेको छ। दाइजोको नाममा अत्यधिक माग राखी विवाह भाँडेको अभियोगमा पर्सा जिल्ला अदालतले बेहुलासहित पाँच जनालाई ६–६ महिनाको कैद सजाय सुनाएको छ।

के भयो घटनाको सिलसिला?

२०७९ फागुन २८ गते वीरगन्ज महानगरपालिका–२४, रामगढवामा बेहुलीको घरमा विवाहको माहोल थियो। विधिपूर्वक विवाह कार्यक्रम चलिरहेको बेला बेहुला उमेश साहले दाइजोमा सुनको सिक्री मागे। माग अस्वीकृत भएपछि विवाद चर्कियो, कुटपिटसम्मको अवस्था आयो र अन्ततः उमेशले विवाह अस्वीकार गर्दै मण्डप छाडे।

अदालतको फैसला

न्यायाधीश मोहन सुवेदीको एकल इजलासले बेहुला बाराको कलैया–४ का २८ वर्षीय उमेश साह, उनका बुबा बच्चालाल साह (६०), दाजुहरू राकेश कुमार साह (४२), मुकेश कुमार साह (४०) र भिनाजु रामएकबाल साह (४५) लाई विवाहसम्बन्धी कसूरमा दोषी ठहर गर्दै जनही ६/६ महिना कैद र ५/५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको हो।

दाइजोको रकम फिर्ता गर्ने आदेश

अदालतले बेहुली पक्षबाट दाइजोस्वरूप लिएको पाँच लाख ६५ हजार रुपैयाँ रकम समेत फिर्ता गर्न आदेश दिएको छ।

न्यायको सन्देश

यो फैसला दाइजोको गलत परम्परा र विवाहको नाममा हुने आर्थिक शोषणविरुद्ध एक कडा सन्देश हो। सामाजिक रूपमा कुरीति बनेको दाइजोप्रथा अन्त्य गर्न कानुनले यस्तो ऐतिहासिक कदम चालेको भन्दै पीडित पक्षले सन्तोष व्यक्त गरेको छ।

  • H

थप