Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

टहरामा सुतेका दिदीबहिनीको ज्यान ढुंगा खस्दा गयो

  •   १ वर्ष अघि | २० असार २०८२, शुक्रबार

सुर्खेत, असार २० — जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै परिवारका दुई छोरीको ढुंगा खस्दा ज्यान गएको छ।

बिहीबार राति करिब ९ बजे बाख्राको हेरचाहका लागि अस्थायी टहरामा सुतेका १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको ज्यान गएको कुशे–३ का वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए।

उनीहरू भूकम्पपीडितका लागि बनाइएको अस्थायी टहरामा बस्दै आएका थिए। सोही टहरामा रात बिताइरहेका बेला माथिबाट खसेको ढुंगाले लाग्दा घटनास्थलमै दुवै दिदीबहिनीको मृत्यु भएको वडाध्यक्ष बुढाको भनाइ छ।

पीडित नरबहादुर बुढाका दुई छोरीहरू दैनन्दिन बाख्रा चराउने र अस्थायी टहरामै रात कटाउने गर्थे। तर, विपत्तिको क्षणले दुई किशोरीको जीवन एकैपटकमा लुट्यो।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको र प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरी जवान महेश सिंहले घटनास्थलको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका छन्।

स्थानीय तहले तत्कालीन राहत र सहायता उपलब्ध गराउने तयारी गरेको छ। तर, यो घटना भूकम्पपीडितहरूको जीवन अझै पनि कति असुरक्षित छ भन्ने कुराको त्रासदीपूर्ण उदाहरण बनेको छ।


  • Jigyasanepal

थप