Breaking News
आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाका दिनमा पनि ३४ अस्पताल र स्वास्थ्य संस्थालाई बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयले यी अस्पतालहरूलाई बिदाका दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न परिपत्र जारी गरेको जानकारी दिनुभएको छ। केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै बिदाका दिनमा पनि अस्पतालहरूले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्देशन दिएको थियो।

परिपत्र गरिएका अस्पतालहरूमा वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र, कोशी अस्पताल, नेपाल आँखा अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका प्रमुख स्वास्थ्य संस्थाहरू समावेश छन्।

गृह मन्त्रालयले सार्वजनिक बिदासम्बन्धी राजपत्रको सूचनामा उल्लेख गरिएको व्यवस्थाअनुसार, अस्पतालहरूले बिदाका दिनमा पनि बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रदान गर्नुपर्ने प्रावधान छ। 

सरकारले सार्वजनिक बिदामा स्वास्थ्य सेवामा अवरोध भएको जनगुनासोलाई मध्यनजर गर्दै यो निर्देशन जारी गरेको हो।

  • Jigyasa media

थप