Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

प्यूठानमा एक युवामा हैजा सङ्क्रमण

  •   ११ महिना अघि | २० भदौ २०८२, शुक्रबार

प्यूठान । प्यूठानमा एक युवामा शंकास्पद हैजाको संक्रमण भेटिएको छ । जिल्लाको मल्लरानी गाउँपालिका(२, भैसामरेका स्थानीय ३३ वर्षिया एक युवामा शंकास्पद हैजा देखिएको हो ।  

बुधवार भारतको जलन्धरबाट घर फर्किदै गर्दा बाटोमा स्वास्थ्य समस्या देखिएको युवाले बताउनुभएको थियो। घरमा पुगेर स्वास्थ्यमा सुधार आउनुको सट्टा समस्या बढ्दै गएपछि बिहिबार राती अस्पताल पुर्याइएको आफन्तले जानकारी दिएका छन् ।  

बिरामीको कतिपय लक्षण मिल्दोजुल्दो भएको अहिले उहाँलाई अस्पतालको आइसुलेसनामा राखेर उपचार भैरहेको जिल्ला अस्पतालले जानकारी दिएको छ । 

प्यूठान अस्पताल विजुवारमा उपचारका क्रममा आराडिटि परीक्षणमा एनटिजिन पोजेटिभ देखिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार अझै जीवाणु पुष्टि नभई सकेको बताइएको छ । 

जीवाणु पुष्टिको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा बिरामीको दिशाको नमुना पठाउने तयारी भैरहेको प्रयोगशाला इन्चार्ज  संगम कक्षपतिले जानकारी दिनुभयो । दुई दिन अगाडि पनि यस्तै बिरामी उपचारको लागि आएकोमा दिशा परिक्षणको लागि पठाइएकोमा अझै रिपोर्ट नआइसकेको उहाँले बताउनुभयो । 

वर्षातको समय स्वास्थ्यको ख्याल् गर्न समेत अस्पतालले सुझाएको छ ।  दुषित खानेपानी, बासी सडेकलेको खानेकुरा लगायतका कारण हैजा तथा पखाला लाग्ने भएकोले यस्ता खानेकुरा प्रयोग नगर्न समेत अस्पतालले जानकारी दिएका छन् ।

भारतबाट उहाँसँगसँगै आएका अन्य ५ जनामा पनि पखाला लाग्ने लक्षण देखिएको बताइएको छ। तर उहाँहरु अहिलेसम्म अस्पतालको सम्पर्कमा आइनसकेको अस्पतालले जनाएको छ ।

  • Jigyasanepal

थप