✍🏼डा. रामहरि चापागाईं
बालरोग विशेषज्ञ,
कान्ति बाल अस्पताल
विश्व स्वास्थ्य संगठनले नै मनेको छ कि मानिस पूर्ण स्वस्थ हुनका लागि शारीरिक, मानसिक र सामाजिक तीनै पाटोमा स्वस्थ हुनुपर्छ । मानिसलाई सामाजिक स्वास्थ्यका बारेमा पनि ज्ञान हुन जरुरी छ। सामाजिक स्वास्थ्य विशेषगरी केटाकेटीलाई सिकाउनु आवश्यक हुन्छ । दसैंजस्ता सांस्कृतिक पर्व केटाकेटीलाई सामाजिक मूल्य र मान्यताबारे सिकाउने ठूलो अवसर हो। त्यसैले घरबाहिर सहरमा बसेका अभिभावकले दसैंमा केटाकेटीलाई गाउँ लैजाँदा सामाजिक स्वास्थ्यमा ठूलो सहयोग पुग्छ । तर, ठाउँ, मौसम, र सानापान परिवर्तन हुँदा केटाकेटीको शारीरिक स्वास्थ्यमा भने नकारात्मक असर पार्न सक्छ। कस्ता समस्या आउन सक्छन् साना केटाकेटीलाई? कसरी हुने सजग ? बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंका सुझाब यस्ता छन् ।
यात्रामा रहँदा
दसैमा धेरै बच्चा सहरबाट गाउँ लाने गरिन्छ । सुरुमा त बच्चाको यात्रा अवधिमै सचेत हुन जरुरी हुन्छ । यात्रामा बच्चालाई चिसो, धुवाँधुलो, भीडभाड र खानपानले बढी असर पार्छ। चिसो, धुपुर्वाधुलो र भीडभाडले रुघाखोकीको समस्या निम्त्याउने सम्भावना हुन्छ भने खानपान नमित्या झाडापखालाको खतरा रहन्छ । यसकारण यात्रामा पहिले त बिसो र धुवाँधुलोबाट बच्चालाई जोगाउनुपर्छ। यस्तै, पात्रामा बच्चालाई आवश्यक खाने कुरा र पानी घरबाटै लिएर जानुपर्छ। बाटोमा जंकफुड तथा नउमालेको पानी खुवाउनुहुँदैन।
गाउँ पुगिसकेपछि
दसैमा सहरबाट गाउँ पुगेको बच्त्वामा मुख्य दुईवटा खतरा हुन्छ। पहिलो खानपान र दोस्रो चोटपटकको समस्या। दसैमा बासी खाना खाने चलन हुन्छ। गाउँमा फ्रिजको बन्दोबस्त हुँदैन । बच्चाबच्चीले खानाको मात्राबारे पनि आफ्नो कनै धारणा बनाउन सक्दैनन् । मीठो पाएपछि धेरै खाइदिन्छन् । बिल्ली, पिरो र अमिलो खानेकुरा एकैपटक धेरै खाँदा पेटसम्बन्धी समस्या आउन सक्छन् । पेट दुख्ने, उत्त्टी हुने तथा पखाला लाग्ने हुन सक्छ। गाउँमा बच्चालाई मासु मात्र नभएर दूधजन्य र सागजब्जी खाना खुवाउनुपर्छ। मिश्रित खानाले बेफाइदा निम्तिन दिँदैन । बच्चावच्चीको स्वास्थ्यमा किन पनि बढी सजग हुनुपर्छ भने उनीहरूमा रोगविरुद्ध लड्ने क्षमता निकै कम हुन्छ। यसैगरी सहरको साँघुरोभित्र बसिरहेका बच्चाहरू गाउँ पुग्दा 'खुला महसुस गर्छन् । दसै रमाइलो बाड भएकाले खेल्न तथा रमाउन बच्चाहरू मन पराउँछन्। यसैले दसैमा चोटपटक लाग्ने खतरा बच्चालाई उत्तिकै हुन्छ। बत्त्वा यताउता जाँदा अभिभावक साथमा हुनुपर्छ। अभिभावकले नै निगरानी राख्नुपर्छ।

औषधिको व्यवस्था
सहरबाट केटाकेटीलाई गाउँ लैजाँदा झडापखालामा खुवाउने जीवनजल, सामान्य ज्वरोमा खुवाउने सिटामोलजस्ता केही अत्यावश्यक औषधि लिएर जानुपर्छ । तर, बच्चाको उमेरअनुसार औषधिको मात्रा मिलाउनुपर्ने भएकाले पहिले डाक्टरसँग परामर्श गर्नैपर्छ। बच्चालाई समस्या आइहाले डाक्टरले भनेअनुसारको औषधि तथा उपचार गर्नुपर्छ । तर, समस्या जटिलखालकै भएमा जतिसक्दो छिटो चिकित्सककहाँ पुऱ्याउनैपर्छ। जथाभावी हचुवाको भरमा बच्चालाई औषधि सेवन गराउनुहुँदैन। यसले झनै असर पार्न सक्छ।
- Jigyasa media