Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

चट्याङबाट २ जना मजदुरको मृत्यु

  •   १ वर्ष अघि | १५ बैशाख २०८२, सोमवार

कस्की ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११, पोडेमा आइतबार दिउँसो चट्याङ लागेर २ जनाको ज्यान गएको छ। 

मृतकमा संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत कुविर राई र सोही ठाउँका १८ वर्षीय महेश राई रहेको कास्की प्रहरीले जनाएको छ।

आइतबार दिउँसो १ बजेको समयमा परेको चट्याङले करिब ३८ सय मिटरको उचाइमा रहेका उनीहरुको ज्यान लिएको हो। उनीहरु त्यहाँ मजदुरी गर्न पुगेका थिए। 

उक्त स्थानमा पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा हुँदै गरेको पदयात्रा मार्ग बिस्तारका लागि ९ जना मजदुर खटिएकोमा बाँकी ७ जना चाहिँ सुरक्षित रहेको प्रहरीको भनाइ छ। 

काम आइतबारबाटै सुरु भएको हो। मृतकहरुको शव हिउँले पुरिएको अवस्थामा रहेकाले निकाल्नको लागि प्रहरी टोली परिचालित गरिएको पनि कास्की प्रहरीले जानकारी दिएको छ। 

घटनास्थल कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुकबाट ४ घण्टा पैदयात्रा पछि पुगिन्छ।

  • Jigyasanepal

थप