Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

चट्याङबाट २ जना मजदुरको मृत्यु

  •   २ वर्ष अघि | १४ बैशाख २०८२, आइतवार

कस्की ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११, पोडेमा आइतबार दिउँसो चट्याङ लागेर २ जनाको ज्यान गएको छ। 

मृतकमा संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत कुविर राई र सोही ठाउँका १८ वर्षीय महेश राई रहेको कास्की प्रहरीले जनाएको छ।

आइतबार दिउँसो १ बजेको समयमा परेको चट्याङले करिब ३८ सय मिटरको उचाइमा रहेका उनीहरुको ज्यान लिएको हो। उनीहरु त्यहाँ मजदुरी गर्न पुगेका थिए। 

उक्त स्थानमा पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा हुँदै गरेको पदयात्रा मार्ग बिस्तारका लागि ९ जना मजदुर खटिएकोमा बाँकी ७ जना चाहिँ सुरक्षित रहेको प्रहरीको भनाइ छ। 

काम आइतबारबाटै सुरु भएको हो। मृतकहरुको शव हिउँले पुरिएको अवस्थामा रहेकाले निकाल्नको लागि प्रहरी टोली परिचालित गरिएको पनि कास्की प्रहरीले जानकारी दिएको छ। 

घटनास्थल कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुकबाट ४ घण्टा पैदयात्रा पछि पुगिन्छ।

  • Jigyasanepal

थप