Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

बाढीपहिरोमा १८ जनाको मृत्यु, २२ जना घाइते

  •   २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार

बागलुङ – बागलुङ जिल्लामा असार, साउन र भदौ महिनामा बाढीपहिरोका कारण १८ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, बाढीपहिरोका घटनामा १० जना पुरुष र ८ जना महिलाको मृत्यु भएको छ।

सबैभन्दा धेरै क्षति बडिगाड गाउँपालिकामा भएको छ, जहाँ १२ जनाले ज्यान गुमाएका छन्, जसमा ६ पुरुष र ६ महिला छन्। बागलुङ नगरपालिकामा चार जनाको मृत्यु (तीन पुरुष, एक महिला) र गलकोट नगरपालिकामा दुई जनाको (एक पुरुष, एक महिला) ज्यान गएको छ।

प्रहरी निरीक्षक प्रताप पौडेलले बाढीपहिरोले जिल्लाका धेरै क्षेत्रमा क्षति पुर्याएको जानकारी दिएका छन्। पहिरोका कारण २२ जना घाइते भएका छन्, तीमध्ये ७ जना बडिगाड गाउँपालिकाका हुन्। ११ वर्षीय बालक भने अझै बेपत्ता छन्।

बाढीपहिरोले बडिगाड गाउँपालिकाका करिब ८० परिवार प्रभावित भएका छन्। समग्र जिल्लामा १५० भन्दा बढी घरपरिवार प्रभावित भएको अनुमान गरिएको छ। पालिकाको स्रोतले सकेसम्मको व्यवस्थापन गरिएको भए पनि थप सहयोग आवश्यक रहेको जनाइएको छ।

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बाढीपहिरोका कारण पालिकाले ठूलो क्षति बेहोर्नु परेको बताउँदै प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने र खाद्यान्न वितरणको काम भइरहेको जानकारी दिएकी छन्।


  • RSS

थप