Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

बाढीपहिरोमा १८ जनाको मृत्यु, २२ जना घाइते

  •   २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार

बागलुङ – बागलुङ जिल्लामा असार, साउन र भदौ महिनामा बाढीपहिरोका कारण १८ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, बाढीपहिरोका घटनामा १० जना पुरुष र ८ जना महिलाको मृत्यु भएको छ।

सबैभन्दा धेरै क्षति बडिगाड गाउँपालिकामा भएको छ, जहाँ १२ जनाले ज्यान गुमाएका छन्, जसमा ६ पुरुष र ६ महिला छन्। बागलुङ नगरपालिकामा चार जनाको मृत्यु (तीन पुरुष, एक महिला) र गलकोट नगरपालिकामा दुई जनाको (एक पुरुष, एक महिला) ज्यान गएको छ।

प्रहरी निरीक्षक प्रताप पौडेलले बाढीपहिरोले जिल्लाका धेरै क्षेत्रमा क्षति पुर्याएको जानकारी दिएका छन्। पहिरोका कारण २२ जना घाइते भएका छन्, तीमध्ये ७ जना बडिगाड गाउँपालिकाका हुन्। ११ वर्षीय बालक भने अझै बेपत्ता छन्।

बाढीपहिरोले बडिगाड गाउँपालिकाका करिब ८० परिवार प्रभावित भएका छन्। समग्र जिल्लामा १५० भन्दा बढी घरपरिवार प्रभावित भएको अनुमान गरिएको छ। पालिकाको स्रोतले सकेसम्मको व्यवस्थापन गरिएको भए पनि थप सहयोग आवश्यक रहेको जनाइएको छ।

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बाढीपहिरोका कारण पालिकाले ठूलो क्षति बेहोर्नु परेको बताउँदै प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने र खाद्यान्न वितरणको काम भइरहेको जानकारी दिएकी छन्।


  • RSS

थप