Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

खोटाङमा पहिरोले पुरिएर शिक्षिकाको मृत्यु, विद्यालयमा पठनपाठन अवरुद्ध

  •   २ वर्ष अघि | ३१ साउन २०८१, बिहिबार

खोटाङ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा रहेको विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी नेवारको पहिरोमा पुरिएर मृत्यु भएको छ। ५७ वर्षीया शिक्षिका सावित्रादेवी विद्यालय जाँदै गर्दा पहिरोले पुरिएको वडाध्यक्ष वीरेन्द्र मगरले जानकारी दिए।

शिक्षिका सावित्रादेवी लामीडाँडास्थित आफ्नै घरबाट विद्यालय जाने क्रममा वडा कार्यालय नजिकै सडकमाथिबाट झरेको पहिरोमा परेर घटनास्थलमै मृत्यु भएको हो। करिब एक सय ५० मिटर टाढाको सडकमाथिबाट खसेको पहिरोले पुरिएकी उनलाई स्थानीय बासिन्दा र प्रहरीले डेढ घण्टाको प्रयासपछि मृत अवस्थामा फेला पारेका थिए। 

उक्त पहिरोमा शिक्षिका सावित्रादेवीसँगै यात्रामा रहेका अन्य व्यक्तिहरू भने भागेर ज्यान जोगाउन सफल भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। लामीडाँडा विमानस्थल र रभुँवाघाट जोड्ने दुई सडकमध्ये लामीडाँडा विमानस्थलतर्फ जाने सडकको माथिबाट खसेको पहिरोले रभुँवाघाट जाने सडक पुरिँदा घटना भएको हो। 

विसं २०५७ देखि विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी केही महिनापछि अनिवार्य अवकाशमा जाने तयारीमा थिइन्। एक छोराकी आमा उनी नातिनीसँगै बसेर लामीडाँडाको विद्यालयमा शिक्षण गर्दै आएकी थिइन्। शिक्षिका सावित्रादेवीका श्रीमान् अकलबहादुर मगर निजामती सेवामा नायब सुब्बाका रूपमा कार्यरत रहेर अवकाश पछि क्यान्सर रोगका कारण निधन भएका थिए। 

घटनापछि विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ भने मृतक शिक्षिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ।

  • Jigyasa media

थप