Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

खोटाङमा पहिरोले पुरिएर शिक्षिकाको मृत्यु, विद्यालयमा पठनपाठन अवरुद्ध

  •   २ वर्ष अघि | ३१ साउन २०८१, बिहिबार

खोटाङ । रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा रहेको विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी नेवारको पहिरोमा पुरिएर मृत्यु भएको छ। ५७ वर्षीया शिक्षिका सावित्रादेवी विद्यालय जाँदै गर्दा पहिरोले पुरिएको वडाध्यक्ष वीरेन्द्र मगरले जानकारी दिए।

शिक्षिका सावित्रादेवी लामीडाँडास्थित आफ्नै घरबाट विद्यालय जाने क्रममा वडा कार्यालय नजिकै सडकमाथिबाट झरेको पहिरोमा परेर घटनास्थलमै मृत्यु भएको हो। करिब एक सय ५० मिटर टाढाको सडकमाथिबाट खसेको पहिरोले पुरिएकी उनलाई स्थानीय बासिन्दा र प्रहरीले डेढ घण्टाको प्रयासपछि मृत अवस्थामा फेला पारेका थिए। 

उक्त पहिरोमा शिक्षिका सावित्रादेवीसँगै यात्रामा रहेका अन्य व्यक्तिहरू भने भागेर ज्यान जोगाउन सफल भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। लामीडाँडा विमानस्थल र रभुँवाघाट जोड्ने दुई सडकमध्ये लामीडाँडा विमानस्थलतर्फ जाने सडकको माथिबाट खसेको पहिरोले रभुँवाघाट जाने सडक पुरिँदा घटना भएको हो। 

विसं २०५७ देखि विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी केही महिनापछि अनिवार्य अवकाशमा जाने तयारीमा थिइन्। एक छोराकी आमा उनी नातिनीसँगै बसेर लामीडाँडाको विद्यालयमा शिक्षण गर्दै आएकी थिइन्। शिक्षिका सावित्रादेवीका श्रीमान् अकलबहादुर मगर निजामती सेवामा नायब सुब्बाका रूपमा कार्यरत रहेर अवकाश पछि क्यान्सर रोगका कारण निधन भएका थिए। 

घटनापछि विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ भने मृतक शिक्षिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ।

  • Jigyasa media

थप