Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

जोडी कमर संसारकै सबैभन्दा सुन्दर महिला घोषित, दीपिका पादुकोण नवौं स्थानमा

  •   २ वर्ष अघि | ६ कार्तिक २०८१, मङ्लबार

काठमाडौं, कात्तिक ६ – बेलायती अभिनेत्री जोडी कमरलाई यो वर्ष संसारकै सबैभन्दा सुन्दर महिला घोषित गरिएको छ। प्रत्येक वर्ष प्रकाशित हुने यस सूचीमा दोस्रो स्थानमा हलिउडकी चर्चित अभिनेत्री जेन्डाया र तेस्रोमा सुपरमोडल बेला हदिद परेका छन्।

सूचीमा चौथो स्थानमा बियोन्से, पाँचौंमा एरियाना ग्रान्डे, छैटौंमा टेलर स्वीफ्ट, सातौंमा जोर्डन डन, आठौंमा किम कार्दसियन रहेका छन् भने बलिउडकी अभिनेत्री दीपिका पादुकोण नवौं स्थानमा छन्। सूचीको दशौं स्थानमा होयोन जंग परेकी छन्, जसमा भारतबाट दीपिका मात्र समावेश भएकी छन्।

वर्षेनी कस्मेटिक सर्जनहरूको म्यापिङ प्रविधिको आधारमा यो सूची तयार गरिन्छ। ग्रीक ‘गोल्डेन रेसियो’ नामक प्राचीन अंकगणितीय पद्दतिको आधारमा अनुहारको सौन्दर्यता मापन गरिन्छ। यो विधि दृष्टिगत सन्तुलन र प्राकृतिक आकर्षणलाई ध्यानमा राखेर सुन्दरताको परिभाषा निर्धारण गर्छ।

जोडी कमरले ९४.५२ प्रतिशत अंक प्राप्त गर्दै शीर्ष स्थानमा आफ्नो नाम दर्ता गरेकी हुन्। चिकित्सक जुलियन डे सिल्भाका अनुसार, कमरको नाक र ओठको सन्तुलन ९८.७ प्रतिशत सही रहेको छ, जुन पूर्णताबाट मात्र १.३ प्रतिशत टाढा छ।


  • Jigyasa media

थप