Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

स्थानीय बजारमा सुनको मूल्यमा आज अभूतपूर्व उछाल, तोलामा ५ हजार २०० रुपैयाँ एकैदिन वृद्धि

  •   ११ महिना अघि | ९ मंसिर २०८२, मङ्लबार

काठमाडौँ।

स्थानीय बजारमा मंगलबार सुनको मूल्य भारी अंकले उकालो लागेको छ। एकैदिन तोलामा ५ हजार २०० रुपैयाँले वृद्धि भएपछि बजारमा सुनको कारोबार इतिहासकै उच्च स्तरतिर पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ।

अघिल्लो दिन छापावाल सुन २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो, जसले बजारमा छोटो अवधिमै ठूलो उतार–चढाव देखिएको छ।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबार चाँदी ८५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २०० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

बिक्री–वितरण तथा लगानीतर्फ आकस्मिक चहलपहल बढ्दै गएको भन्दै सुनचाँदी व्यवसायीहरू आगामी दिनमा पनि मूल्यमा परिवर्तन भइरहने अनुमान गरिरहेका छन्।

  • Jigyasanepal

थप