Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

स्थानीय बजारमा सुनको मूल्यमा आज अभूतपूर्व उछाल, तोलामा ५ हजार २०० रुपैयाँ एकैदिन वृद्धि

  •   ८ महिना अघि | ९ मंसिर २०८२, मङ्लबार

काठमाडौँ

स्थानीय बजारमा मंगलबार सुनको मूल्य भारी अंकले उकालो लागेको छ। एकैदिन तोलामा ५ हजार २०० रुपैयाँले वृद्धि भएपछि बजारमा सुनको कारोबार इतिहासकै उच्च स्तरतिर पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ।

अघिल्लो दिन छापावाल सुन २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो, जसले बजारमा छोटो अवधिमै ठूलो उतार–चढाव देखिएको छ।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबार चाँदी ८५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २०० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

बिक्री–वितरण तथा लगानीतर्फ आकस्मिक चहलपहल बढ्दै गएको भन्दै सुनचाँदी व्यवसायीहरू आगामी दिनमा पनि मूल्यमा परिवर्तन भइरहने अनुमान गरिरहेका छन्।

  • Jigyasanepal

थप