Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

थामिएन सेयर बजारको पहिरो : लगातार चौथो दिन दोहोरो अंकको गिरावट, लगानीकर्ता थप त्रसित

  •   ९ महिना अघि | १७ मंसिर २०८२, बुधबार

काठमाडौं । नेपाली सेयर बजारमा आएको ‘पहिरो’ रोकिने कुनै संकेत देखिएको छैन। साताको चौथो कारोबार दिन बुधबार (मंसिर १७) पनि नेप्से दोहोरो अंकले झरेसँगै लगानीकर्ताको मनोबल झनै खस्किएको छ।

बजार आज १३.५२ अंकले घट्दै २६३१.१७ बिन्दुमा आएर बन्द भयो। यसअघि मंगलबार ०.५३, सोमबार ४.२८ र आइतबार २६.५१ अंकले बजार ओरालो लागेको थियो। लगातार चार दिनको गिरावटले बजारको गतिशीलता धमिलो बन्दै गएको छ।

३३२ कम्पनीको कारोबार, १७७ कम्पनी राताम्मे

नेप्सेअनुसार आज ३३२ कम्पनीको कारोबार भयो।

७७ कम्पनीको मूल्य बढ्यो,

१७७ कम्पनीको मूल्य घट्यो,

७ कम्पनी स्थिर रहे।

लगानीकर्ता संख्या र ट्रान्जेक्सन दुवै बाक्लो देखिए पनि सूचक लगातार तगारोबाट उकालो चढ्न सकेको छैन।

कारोबार रकममा भने उछाल

बजार सूचक घटे पनि कारोबार रकमले भने राहतको संकेत दियो।

आज ५ अर्ब २३ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।

मंगलबारको ४ अर्ब ४८ करोडको तुलनामा कारोबार रकम उल्लेख्य रूपमा बढेको छ।

के–के लाग्यो सर्किट ?

बुधबार पनि केही कम्पनीहरूमा सकारात्मक सर्किट लागेर बजारमा ‘ग्रीन स्पट’ देखिन पुगे।

सागर डिस्टिलरी

मिथिला लघुवित्त

झापा इनर्जी

स्वस्तिक लघुवित्त

श्रीनगर एग्रीटेक


यी कम्पनीहरूमा उच्च माग देखिएको नेप्सेले जनाएको छ।

सबैभन्दा धेरै कारोबार बन्दीपुर केबलकारमा

आज सबैभन्दा धेरै कारोबार बन्दीपुर केबलकारको सेयरमा भयो।

यस कम्पनीले १८ करोड ४९ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै दिनकै ‘ट्रेड भोल्युम लिडर’ बन्यो।

लगातार ओरालो लागेको बजारले लगानीकर्ताको मनोबल डामाडोल बनाइरहेको छ। विश्लेषकहरूको भनाइमा, नियामक निकायको स्पष्ट नीति, बैंकिङ तरलता, सरकारी आर्थिक सन्देश र बजार मनोविज्ञानले अहिलेको सेयर बजारलाई गहिरो रूपमा प्रभावित पारेको छ।

  • Jigyasanepal

थप