Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

नेप्सेमा लगातारको गिरावट: आइतबार मात्रै ६३.७३ अंकको गिरावट, १३ अर्बमै सीमित कारोबार

  •   १२ महिना अघि | १८ साउन २०८२, आइतवार

काठमाडौं, साउन १८ ।

नेप्से परिसूचक आइतबार पुनः तीव्र गिरावटसहित ओरालो लागेको छ। लगातार तेस्रो दिन पनि बजार ओरालो लागेसँगै लगानीकर्तामाझ निराशा थपिएको छ। आइतबार बजार ६३.७३ अंकले घटेर २८५८.९० विन्दुमा झरेको छ।

यसअघि बुधबार ४७.९३ अंक र बिहीबार ३१.५० अंकले बजार घटेको थियो। आइतबारको गिरावट पछिल्ला दिनहरूमध्ये सबैभन्दा बढी हो। गिरावटसँगै कारोबार रकम पनि घट्दो क्रममा छ। बुधबार १६ अर्बको कारोबार भएकोमा बिहीबार १५ अर्बमा सीमित भयो। आइतबार भने कारोबार रकम झरेर १३ अर्बमै सीमित बन्यो।

सबै समूहमा गिरावट, लघुवित्त सबैभन्दा प्रभावित

नेप्सेमा आइतबार सबै १३ वटै समूहको सूचक रातो भएका छन्। लघुवित्त समूह सबैभन्दा बढी प्रभावित देखिएको छ, जसको सूचक झन्डै ३ प्रतिशतले घट्यो। त्यस्तै, ‘अन्य’ समूहको पनि उस्तै गिरावट देखिएको छ।

अधिकांश कम्पनीको मूल्य घट्यो

कुल कारोबार भएका कम्पनीहरूमध्ये २३३ कम्पनीको मूल्य घट्दा मात्र १६ कम्पनीको मूल्यमा वृद्धि देखिएको छ।

साँभी इनर्जी र समता घरेलु लघुवित्तको मूल्य नकारात्मक सर्किट लेबलमा झर्दा ट्रेड टावर र शिव श्री हाइड्रोको मूल्य भने सकारात्मक लेबलमा उक्लिएको छ।

ठूलो गिरावटले बिक्री चाप थपियो

बजार ओरालो लागेपछि नाफा कमाएका कम्पनीका सेयरमा बिक्री चाप देखिएको छ। आइतबार नेपाल रि इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स, हिमालयन डिस्टिलरीलगायतका कम्पनीहरू कारोबारको शीर्षमा रहे। नेपाल रिको मात्रै कारोबार रकम ७५ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

सेयर बजारमा देखिएको लगातारको गिरावटले छोटो अवधिमा मुनाफा कमाउने आशामा बसेका लगानीकर्तालाई झट्का दिएको छ। कारोबार रकमको गिरावटले पनि लगानीकर्ता मनोविज्ञान कमजोर बन्दै गएको स्पष्ट संकेत दिएको छ।


  • Jigyasanepal

थप