Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

नेप्सेमा लगातारको गिरावट: आइतबार मात्रै ६३.७३ अंकको गिरावट, १३ अर्बमै सीमित कारोबार

  •   १ वर्ष अघि | १८ साउन २०८२, आइतवार

काठमाडौं, साउन १८ ।

नेप्से परिसूचक आइतबार पुनः तीव्र गिरावटसहित ओरालो लागेको छ। लगातार तेस्रो दिन पनि बजार ओरालो लागेसँगै लगानीकर्तामाझ निराशा थपिएको छ। आइतबार बजार ६३.७३ अंकले घटेर २८५८.९० विन्दुमा झरेको छ।

यसअघि बुधबार ४७.९३ अंक र बिहीबार ३१.५० अंकले बजार घटेको थियो। आइतबारको गिरावट पछिल्ला दिनहरूमध्ये सबैभन्दा बढी हो। गिरावटसँगै कारोबार रकम पनि घट्दो क्रममा छ। बुधबार १६ अर्बको कारोबार भएकोमा बिहीबार १५ अर्बमा सीमित भयो। आइतबार भने कारोबार रकम झरेर १३ अर्बमै सीमित बन्यो।

सबै समूहमा गिरावट, लघुवित्त सबैभन्दा प्रभावित

नेप्सेमा आइतबार सबै १३ वटै समूहको सूचक रातो भएका छन्। लघुवित्त समूह सबैभन्दा बढी प्रभावित देखिएको छ, जसको सूचक झन्डै ३ प्रतिशतले घट्यो। त्यस्तै, ‘अन्य’ समूहको पनि उस्तै गिरावट देखिएको छ।

अधिकांश कम्पनीको मूल्य घट्यो

कुल कारोबार भएका कम्पनीहरूमध्ये २३३ कम्पनीको मूल्य घट्दा मात्र १६ कम्पनीको मूल्यमा वृद्धि देखिएको छ।

साँभी इनर्जी र समता घरेलु लघुवित्तको मूल्य नकारात्मक सर्किट लेबलमा झर्दा ट्रेड टावर र शिव श्री हाइड्रोको मूल्य भने सकारात्मक लेबलमा उक्लिएको छ।

ठूलो गिरावटले बिक्री चाप थपियो

बजार ओरालो लागेपछि नाफा कमाएका कम्पनीका सेयरमा बिक्री चाप देखिएको छ। आइतबार नेपाल रि इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स, हिमालयन डिस्टिलरीलगायतका कम्पनीहरू कारोबारको शीर्षमा रहे। नेपाल रिको मात्रै कारोबार रकम ७५ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

सेयर बजारमा देखिएको लगातारको गिरावटले छोटो अवधिमा मुनाफा कमाउने आशामा बसेका लगानीकर्तालाई झट्का दिएको छ। कारोबार रकमको गिरावटले पनि लगानीकर्ता मनोविज्ञान कमजोर बन्दै गएको स्पष्ट संकेत दिएको छ।


  • Jigyasanepal

थप