काठमाडौं, वैशाख ९ । नेपालको सेयर बजार लगातार तेस्रो दिन ओरालो लागेको छ। मंगलबार पनि बजारको प्रमुख सूचक नेप्से ९.९६ अंकले घट्दै ३३ अंकको समग्र गिरावटमा पुगेको छ।
अघिल्लो दिन सोमबार नेप्से १६.६८ अंकले ओरालो लागेको थियो भने आइतबार ७.७५ अंकले घटेको थियो। बजारमा लगानीकर्ताको मनोबल अझै फर्किन सकेको छैन।
यद्यपि कारोवारको परिमाण भने उल्लेखनीय देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। सोमबारको कारोबार रकम ८ अर्ब ७७ करोड रुपैयाँ थियो।
सेयर मूल्यमा उतारचढाव
आज ८६ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने १६० कम्पनीको सेयर ओरालो लागेको छ। मुक्तिनाथ विकास बैंकको सेयर मूल्य भने स्थिर रह्यो।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले उकालो लागेको हो भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले घटेको छ।
केही समूहमा हरियाली देखिए पनि समग्र बजार थलिएन कारोबारमा रहेका १३ समूहमध्ये होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहमा सूचक हरियो रहे पनि बाँकी अधिकांश समूहमा गिरावटले बजारलाई तान्यो।
- O